राज्यको रबैयाले युद्ध थोपार्न खोज्यो - कम्युनिष्ट नेता लोहनी

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता गुणराज लोहनीले राज्यले अहिलेसम्म देखाएको व्यवहारले युद्ध थोपार्न खोजेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता लोहनीले गिरफ्तार गरिएका मान्छेहरुको हातमा गोला बारुद थमाइदिएर राज्यले पत्रकार सम्मेलन गरेको बताएका छन् । 

'अहिलेसम्म राज्यले देखाएको रवैया हेर्दै जाँदा उ युद्ध थाेपर्न खाेजि रहेकाे छ । गिरफ्तार गरिएका मान्छेकाे हातमा गाेला बारूद थमाइदिएर पत्रकार सम्मेलन गराइ राखेकाे छ । राज्यकाे यस्तो रवैयाप्रति सबै सजक हुन जरूरी छ ।' नेता लोहनीले लेखेका छन् ।

उनले राज्यले देखिरहेको रबैयाप्रति सजक रहन सबैमा आग्रह समेत गरेका छन् । प्रचण्ड सरकारले घोषणा गरेको स्थानीय चुनाव जनविरोधी भएको भन्दै कम्युनिष्ट पार्टी त्यसको खारेजी अभियानमा सक्रीय छ भने चुनाव बिरोधि गतिविधि गरिरहेको भन्दै सरकार कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई देख्नेबित्तिकै समात्न रुलिङ जारी गरेको छ ।

१ महिनाको अन्तरलमा नेकपाका २ केन्द्रीय नेता मकर गुरुङ र सन्देश पौडेलसहित दर्जनौं कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...