नयाँ सरकार गठन आचारसंहिता विपरीत, नेमकिपा सहभागी हुदैन : बिजुक्छे

  • भक्तपुर । 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत भएको बताएका छन् । 

आज भक्तपुरस्थित इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा बोल्दै उनले सरकारले आचारसंहिता विपरीत नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए । 

अध्यक्ष बिजुक्छेले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागी नहुने स्पष्ट पार्दै आफ्नो पार्टी प्रतिपक्षमा बसेर जनताको हकअधिकारका लागि आवाज उठाइरहने बताए । 

अध्यक्ष बिजुक्छेले नेमकिपा सङ्घीय संरचनाअनुरुप हुने सबै निर्वाचनका पक्षमा रहेको बताए । 

कार्यक्रममा भक्तपुर नगरपालिकाकाका नवनिर्वाचित नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई साँस्कृतिक नगर मात्रै नभई शिक्षा र स्वास्थ्यको केन्द्रका रुपमा समेत विकास गर्ने प्रतिवद्धता जनाए। 

२०७४ जेठ १२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...