श्रीमान वितेपछि घरमा धेरै हेपिए, म मर्न भनेर हिडेकि थिए तर ‘छोरा’ सम्झेर फर्किए !

  • रामेछाप। 
रामेछाप सुनार पानीमा हो मेरो घर । १५ बर्षको उमेरमा विवाह भएको । २० बर्षमा आमा बने । अहिले ४३ वर्षकी भए । ०५७ सालमा श्रीमान खस्नुभयो । त्यतिबेला बाबुको उमेर सात बर्षको मात्रै थियो । पहाड घर रामेछापमा हो । श्रीमान खसेपछि घरमा माया पाइएन ।

म मर्न भनेर हिडेकी थिएँ । तर छोरा सम्झेर फर्के । सपनामा छोरालाई दुःख नदेऊ भन्नुहुन्थ्यो । छोराकै लागि म उसलाई काखी च्यापेर काठमाडौं आए । श्रीमान ज्ञानबहादुर कार्की राष्ट्रिय अनुसन्धानका जागिरे थिए । 

असाध्यै माया गर्ने ज्ञानुको प्रेम उनले केही बर्षमै सदाका लागि गुमाउँनु पर्यो । १६ बर्षदेखि छोरालाई लिएर बसेकी छु । ऋणधन गरेर छोरा हुर्काएकी हुं । छोरा बुझ्ने भएपछि यो पसल थालेकी हुं । अहिले यही पसलपनि लुटियो ।

श्रीमानको सपना पूरा गर्न मैले गाऊँ छाडेँ । तर सहर सजिलो रहेनछ । अनेक कष्ट सहेर उसलाई हुर्काए । मैले उसका धेरै रहर अधुरै राखेकी छु । कमाइ नहुँदा पूरा पेटपनि खुवाउँन सकिनँ । ज्ञान र उपदेस दिइरहेँ । घर नजिकै पसल छ । सोही पसल आइतबार दिऊँसो लुटियो ।

आइतबार अस्पताल गएकी थिँए । छोरा प्रविण काम परेर बाहिर निस्केको थियो । अगाडिबाट पसल बन्द थियो । घरको ढोका फोरेर चोर पछाडिबाट पसलमा पसेछ । सत्यको धन केही हुन्न भन्थे । होइन रहेछ त्यो पनि लुटियो । 

साहुसँग उदारोमा सामान ल्याएर बेचेर तिनलाई तिर्ने गरेको थिए । साहुलाई तिर्न भनेर ठीक्क पारेको ९५ हजार रुपैयाँ र सुन चोरियो । अब कसरी तिर्ने ?’

यो आर्टिकलसंग सम्बन्धित व्यक्तिको नाम भेटाउन सकिएको छैन । सामाजिक सञ्जालमा भेटिएको यो पोस्ट मार्मिक भएकाले प्रकाशित गरेका छौ । सम्पादक

,

प्रतिकृया दिनुहोस्

Loading...