पोखरामा एमालेले अग्रता ह्वात्तै बढायो, यस्तो छ पछिल्लो मतगणना

  • पाेखरा ।

पोखरा महानगरपालिकामा एमालेले अग्रता ह्वात्तै बढाएको छ। 

पछिल्लो सार्वजनिक भएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले २६ हजार ७ सय ८२ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेद्वार रामजी खाँडले २३ हजार ४४९ मत पाएका छन्। 

उपमेयरमा पनि एमालेको अग्रता कायमै छ। सुरूदेखिनै अग्रता लिएकी एमाले उम्मेद्वार मञ्जु गुरूङले सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार २५ हजार ३ सय ११ र नेपाली कांग्रेसकी सरस्वती गुरूङले २२ हजार ९९ मत पाएकी छन्। पोखरामा १९ वडासम्मको मतगणना सकिएको छ।

२०७४ जेठ ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...