भरतपुर ताजा अपडेट : महानगर २५ मा माओवादी केन्द्र विजयी

  • चितवन । 
चुनावी केन्द्रको रुपमा रहेको भरतपुर महानगरपालिकाको मत गणना जारी छ । बिहीबार विहानसम्म अाउँदा एमालेका देवी ज्ञवालीको भन्दा माओवादी केन्द्रकी रेणु दाहालको मत बढेको छ ।

यसैबीच महानगरको वडा नं २५ मा माओवादीका वडाध्यक्ष विजय भुजेल विजयी भएका छन । सोही वडामा एमाले भन्दा धेरै बढी माओवादी केन्द्रलाई मत खसेको छ ।

वडा नं २५ को मतगणना गरिसक्दा एमालेका देवी ज्ञवालीले ३०६८२ मत पाएका छन् भने रेणु दाहालले २८९३३ मत पाएकी छन् ।

मंगलबार साँझसम्म देवी र रेणुको मतान्तर ३८ सयको हाराहारीमा थियो । बुधबार बेलुका सम्म यो मतान्तर थप साँघुरिएर २१ सयमा झरेको थियो ।

विहीबार बिहानसम्म आइपुग्दा रेणु दाहालले मतान्तरलाई १७४९ मा झरेकी छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...