सूचना टाँसेर पुनः स्थगित भयो संसद बैठक


काठमाडौँ।

एमालेको चेतावनीपछि मंगलबार सूचना टाँसेर स्थगित गरिएको  व्यपस्थापिका संसदको बैठक बुधबार पनि सूचना टाँसेर नै पुनः स्थगित भएको छ । संसदको अर्को बैठक भोलि अपराहृन ४ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले तीन दलको बैठक बोलाएपनि एमाले अध्यक्ष केपी ओली सहभागी भएनन् । प्रमुख विपक्षी एमालेले स्थानीय तहको संख्या बृद्धिको विरोध गरेको छ र यो निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने बताएको छ ।

संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री प्रचण्ड संसद पुगेका थिए । तर, तीन दलबीच सदन सुचारु गर्नेबारे सहमति जुट्न सकेन । 

बिहिबार संसदमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...