एमालेले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेपछि कांग्रेसद्वारा धादिङवेशी बन्द


  • धादिङ।
नेपाली कांग्रेसले आइतबार धादिङ सदरमुकाम धादिङबेशी लगायत क्षेत्र बन्द गरेको छ। 

शनिबार राति ज्वालामुखी गाउँपालिकाकामा नेपाली कांग्रेसका कार्यकर्तामाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको विषयलाई लिएर कांग्रेसले बन्द गरेको हो। 

नेकपा एमाले र नेपाली कांग्रेस दुवै पार्टीले विजय जुलुस मनाएर फर्कंदै गर्दा राति पौने १० बजेतिर जम्काभेट हुदाँ झडप भएको भनिएको छ । तर नेपाली कांग्रेस धादिङले भने आक्रमण भएको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका विनोद तिमल्सिनालगायत ७ जना कार्यकर्ता घाइते भएका थिए। यता जिल्ला प्रहरी कार्यालय धादिङले एमालेले आक्रमण गरेको नभएर दोहोरो झडप भएको बताएको छ । 

नेपाली काँग्रेस धादिङले भने आक्रमण भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै बन्द गरेको हो।

२०७४ जेठ ७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...