प्रधानमन्त्री प्रचण्डले आज जनताको नाममा सम्बोधन गर्ने

  • काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ जनताको नाममा सम्बोधन गर्ने भएका छन् । उनले आफ्नो सम्बोधनको लागि हिजै भाषण तयार पारेका छन् ।

प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनको सुरुवातमै हालै सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको सफलताको बारेमा प्रकाश पार्नेछन् । 

त्यस्तै दाहालले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको सुनिश्चितता र मधेशी मोर्चालाई पनि चुनावमा पूर्ण रुपमा सहभागी गराउनेबारे केन्द्रित रहेर सम्बोधन गर्ने भएका छन् ।

त्यस्तै उनले सबै दलहरुलाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउने र जेठ १५ गतेको बजेटको बारेमा पनि सम्बोधनको क्रममा के गर्ने भन्नेबारे बोल्ने बुझिएको छ ।

प्रधानमन्त्री दाहालले झण्डै एक वर्षको कार्यकालमा आफू नेतृत्वको सरकारले गरेका उपलब्धिहरुको बारेमा चर्चा गर्नेछन् ।
२०७४ जेठ ४ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...