भरतपुर महानगरमा रेणुलाई एमालेका देवीले उछिने, ८० मतले अगाडी


  • चितवन ।
चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठवन्धनको उम्मेदवार रेणु दाहाललाई एमाले उम्मेदवार देवी ज्ञवालीले पुनः उछिनेका छन् ।


महानगरपालिका वडा नम्बर १ को मतगणना जारी रहँदासम्म यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । अहिलेसम्म एमाले मेयर उम्मेदवार देवी ज्ञवालीले ८० मतले अग्रता लिएका छन् । 
ज्ञवालीले ५३१ मत ल्याउँदा रेणु दाहालले ४५१ मत प्राप्त गरेकी छिन् । अहिलेसम्म १ हजार १ सय ७५ मत गणना भएको छ ।
उपमेयर पदमा एमालेकी दिव्या शर्मा आचार्यको ४५६ र कांग्रेसकी  पार्वती शाहको ४५४ मत छ । त्यस्तै अन्य उम्मेदवारहरुमा पनि कडा प्रतिस्पर्धा देखिएको छ ।
२०७४ जेठ २ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...