केपी ओलीकै वडामा काँग्रेसको कब्जा


  • काठमाडौँ । 
एमाले अध्यक्ष केपी ओलीको वडामै काँग्रेसले जितेको छ । ओली निवास बालकोट रहेको ललितपुरको सूर्यविनायक नगरपालिका–२ मा काँग्रेसका कमलराज आचार्य विजयी भएका हुन् ।

उक्त वडामा काँग्रेसकै उम्मेदवारहरु महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा मुना परियार र खुला सदस्यमा सुवास कार्की विजयी भएका छन् ।

खुला सदस्यतर्फ भने एमालेका विश्वराज विष्ट विजयी भए । ३१ वैशाखमा सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ओलीले सोही वडाबाट मतदान गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...