हिजो त्रिपाल घोटाला गर्ने यी कांग्रेसी नेताले आज आफ्नैलाई चुनाव हराउन बाँडे मोवाइल

  • काठमाडौं । 
भूकम्पको समयमा त्रिपाल घोटाला काण्डमा मुछिएका नुवाकोटका कांग्रेसी नेता रमेश महतले अन्तर्घात गरी कांग्रेसका उम्मेदवारलाई नै हराएको रहस्य खुलेको छ । 

विगतको संसदीय निर्वाचनमा तीनवटै क्षेत्रमा जितेको कांग्रेसले यसपटक यिनै महतका कारण पराजय भोग्नु परेको छ ।

नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढि नगरपालिका, ककनी गाउँ पालिका, किम्ताङ गाउँपालिकालगायतका कांग्रेसका किल्लाहरुमा आफू निकटकाले टिकट नपाएपछि कांग्रेस महाधिवेशनमा जगदिश नरसिंह केसीसँग सभापतिमा हारेका महतले यस्तो बबन्डर मच्चाएका हुन् । 

अन्तर्घात गर्नुअघि उनले आफ्नै कम्पनीमा चोरी भयो भन्दै प्रहरीको सहानुभूति लिने प्रयास गरेका थिए । जबकी उनकै डिजाइनमा चोरी काण्ड मच्चाएको प्रहरीको आन्तरिक छानविन समितिले रिपोर्ट दिइसकेको छ । 

कृष विकास बैंकमा सेयर होल्डरको तर्फबाट सञ्चालक समिति सदस्य रहेका महत गैरकानुनी कर्जामा समेत मुछिदै आएको बैंककै कर्मचारी बताउँछन् । चुनावमा अन्तर्घात गर्नकै लागि महतले सुन्धाराको काठमाडौं महलमा रहेका दुईवटा आफ्नै मोवाइल पसलबाट केही मोवाइलका सेट बाँडेको पनि खुलेको छ ।

२०७४ जेठ १७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...