क्रान्तिकारी पत्रकार संगठनको चौथो पूर्ण बैठक सम्पन्न, गरिए यस्ता महत्वपूर्ण निर्णय



काठमाडौं, २३ बैशाख।

क्रान्तिकारी पत्रकार संगठन, नेपालको चौथो पूर्ण बैठक सम्पन्न भएको छ ।  

बैशाख २२–२३ गतेसम्म चितवनको सौराहामा सम्पन्न संगठनको बैठकलेपत्रकार स्वास्थ्योपचार कोष संचालन गर्ने निर्णय गरेको छ । 

पत्रकार बिरामीको बेला स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले कोष स्थापना गरिएको संगठनले जनाएको छ । कोषमा रकम जम्मा गर्न अभियान संचालन गर्ने पनि जनाएको छ ।

बैठकबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रियता र जनताको पक्षमा समाचार लेखनलाई सशक्त बनाउने, वर्तमान राष्ट्रिय परिस्थितिबारे सरोकारवाल पक्षलाई समेटेर देशभर अन्तरक्रिया, गोष्ठी, तालिम संचालन गर्ने निर्णय लिइएको जानकारी संठनले दिएको छ ।

साथै सोही बैठकले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेसनमा सहभागी हुनेबारे महत्वपू्र्ण निर्णय लिइएको केन्द्रीय सदस्य दिया चन्दले जानकारी दिइन । सोही बैठकले संगठनको कार्यवाहक महासचिवको जिम्मेवारी सचिव शोभकर पन्थीलाई दिने निर्णय गरेको चन्दले बताइन ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले स्थानीय तहको चुनाव खारेजी तथा देशको वर्तमान वस्तुपरिस्थितिबारे सहभागीलाई प्रशिक्षण दिएका थिए । नेता कञ्चनले अहिले राष्ट्रियता दलाल पूँजीवादीका कारण राजनीति दाउपेजमा पु¥याएर देश र जनतालाई उच्च जोखिममा पर्दै गएकोले यसलाई परास्त गर्न संचारमाध्यमबाट पत्रकारले सशक्त भूमिका आवश्यक रहेको बताए ।

बैठकमा नेकपामा पोलिटब्यूरो सदस्य एवं फ्रयाक्सन इन्चार्ज मोहन कार्की ‘जीवन्त’ले परिवर्तित राष्ट्रिय राजनीतिक घटनाक्रम र यसबारे पत्रकारले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षणमूलक विचार राखेका थिए ।

बैठकमा संगठनका अध्यक्ष प्रभात चलाउनेले दलाल र भ्रस्टचारीहरुकाे इसारामा गर्न लागिएकाे स्थानीय तहको चुनावले देश र जनतालाई कमजोर बनाउने दिशातर्फ उन्मुख गराइरहेको बताउँदै यसलाई रोक्न क्रान्तिकारी पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनुपर्ने बताए ।

अध्यक्ष चलाउनेले राष्ट्रियताको रक्षा तथा पेशागत अधिकार र सुरक्षालाई कमजोर हुन नदिन सशक्त रुपमा कलम चलाउन केन्द्रीय सदस्य तथा जिल्ला समितिलाई निर्देशन दिएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...