आइपिएलः पञ्जाबलाई धक्का, गुजरातसँग हार्‍यो


  • काठमाडौँ २५ वैशाख ।
किंग्स इलाभेन पञ्जाबको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कमजोर भएको छ । आइतबार राति भएको खेलमा पराजित भएपछि पञ्जाबको शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको हो । 

मोहालीमा भएको खेलमा गुजरात लायन्सले पञ्जाबलाई ६ विकेटले हराएको हो । पञ्जाबले प्रस्तुत गरेका एक सय ९० रनको लक्ष्य गुजरातले दुई बल बाँकी हुँदा चार विकेटको क्षतिमा भेट्टायो । गुजरातका लागि ड्वेन स्मिथले ७४, सुरेश रैनाले ३९ र दिनेश कार्तिकले नटआउट ३५ रन बनाए । 

पहिले ब्याटिङ गरेको पञ्जाबले तीन विकेटको क्षतिमा हासिम अम्लाको १ सय ४, शन मार्सको ५८ रन मद्दतले १ सय ८९ रन बनाएको थियो । तर हार टार्न भने सकेनन् । ११ मध्ये ६ खेल हारेको पञ्जाब अंक तालिकाको पाँचौ स्थानमा छ । चौथो स्थानको हैदराबाद पञ्जाबभन्दा ३ रनले अघि छ । 

प्रतिकृया दिनुहोस्

Loading...