भरतपुर काण्डबारे जिम्मेवार दलका नेताहरुले सामाजिक सञ्जालमा गरे यस्तो हंगामा (कसले के भने ?)

आइतबार मध्यराति २ बजे मतपत्र च्यातिएपछि स्थगित भएको भरतपुरको मतगणना बुधबारसम्म पनि सुरु हुन् सकेको छैन । 

मतपत्र च्यातिएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै छ । अनुसन्धान सकेर समिति सदस्यहरु मंगलबार दिउँसो नै काठमाडौं फर्किएका छन् । छानबिन समितिका संयोजक गीताप्रसाद तिमल्सिना नेतृत्वको टोली सोमबार साँझ भरतपुर आइपुगेको थियो ।

समितिमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी प्रधान कार्यालयका डीआईजी मोहन भण्डारी सदस्य छन् ।

संयोग भनौ या योजना ? मतपत्र च्यातिएको दिन गणतन्त्र दिवस पर्यो । भरतपुरमा मध्यरातमा मतपत्र च्यातेर मतगणना स्थगित भएको समाचार संचारमाध्यममा भाइरल बनेपछि बिभिन्न राजनीतिक दलहरुका जिम्मेवारी नेताहरुले सामाजिक संजाल फेसबुक र ट्वीटरबाटै आफ्ना आधीकारीक धारणाहरु सार्वजनिक गरे ।

एमालेले मतपत्र च्यातेको आरोप माओवादी केन्द्रलाई लगाएको छ, भने माओवादी केन्द्रले एमालेले मत पत्र च्यातेको भन्दै आक्रोश व्यक्त गरिरहेको छ । भरतपुर महानगरका लागि काँग्रेस - माओवादीकी मेयरउम्मेदवार रेणु दाहालले आफुले हाने निश्चित भएपछि एमालेले झेली गरेको आरोप लागाएकी छिन । 

उता एमाले उम्मेदवार देवी ज्ञावालीले भने प्रचण्डकै योजनामा मतपत्र च्यातिएको दावी नै गरेका छन् । 

यस विषयमा एमाले युवा नेता रविन्द्र अधिकारी देखि माओवादी युवा नेता नारायणकाजी श्रेष्ठसम्मले ट्वीटरमा चर्को आलोचना गरेका छन् । त्यसति नयाँशक्तिका संयोजक डा बाबुराम भट्टराईले 'सत्ताधारी दलबाट यस्तो भएको हो भने यो गम्भीर खतराको संकेत हो ' भनेका छन् ।  राजनीतिक विश्लेषक तथा लेखेक खगेन्द्र संग्रौला र बरिष्ट पत्रकार प्रतिक प्रधानले पनि यस विषयमा आफ्नो धारणा ट्वीटरमार्फत नै सार्वजनिक गरेका छन् ।

हेरौं सामाजिक संजालमा भरतपुर काण्डबारे कसले के भने ? 









,

प्रतिकृया दिनुहोस्

Loading...