फेरि सर्‍यो दोस्रो चरणको निर्वाचन, अब असार १३ गतेपछि हुने पक्का

  • काठमाडौं ।
असार ९ गते हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचन १३ गतेपछि हुने लगभग पक्का भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि जेठ ३१ गते तोकिएको निर्वाचन मिति असार ९ गते सार्ने निर्णय गरेको थियो। 

९ गते मुस्लिम धर्मालम्बीहरुको चाड रमाजानको अन्तिम शुक्रबार पर्ने भन्दै मिति सार्नुपर्ने आवाज उठ्न थालेपछि चुनावको मिति सार्न लागिएको हो। विभिन्न मुस्लिम संगठनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चुनाव सार्न माग गर्दै ज्ञापन बुझाएका थिए। 

उक्त ज्ञापन पत्र बुझ्दै काम चलाउ प्रधानमन्त्री प्रचण्डले मागप्रति सकारात्मक रहेको प्रतिकृया दिएका छन् । मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘आज तपाईंहरुलाई मैले नै यहाँ बोलाएको हुँ ।

हिजो मात्रै हामीले क्याबिनेटबाट चुनावको मिति सार्ने निर्णय गरेका थियौं । तर, असार ९ गते रमझान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का रहेनछ । सरकार तपाईहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर तपाईहरुको माग सम्बोधन गर्छाैं ।’

२०७४ जेठ १६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...