चुनाव प्रचारप्रसारका क्रममा काँग्रेस एमालेबीच खुकुरी हानाहान, एमाले उम्मेदवार घाइते


स्याङ्जा । 

चुनावी प्रचारको क्रममा नेपाली काँग्रेसका कार्यकर्ताहरुले एमालेको कार्यक्रममा अाक्रमण गरेका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका ६ स्थित धारापानीमा आयोजित एमालेको चुनावी सभामा कांग्रेस कार्यकताले आक्रमण गर्दा एमाले वडाध्यक्षका उम्मेदवारसहित ४ जना घाईते भएका छन् ।

चुनावी घरदैलो अभियानका क्रममा धारापानी पुगेको एमाले नेता किशोर विक्रम मल्ल, शोभियत ढकाल, रामचन्द्र भट्टराई र नगरप्रमुखका उम्मेदवार बुद्धिमान श्रेष्ठ चढेको गाडिमा कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् ।

इलाका प्रहरी कार्यालय रत्नपुरकाअनुसार आक्रमणबाट उम्मेदवार डिल्लीराम खनाल, सुनबहादुर थापा, पदम बिक र बेलबहादुर बिक घाईते भएका छन् ।

एमालेले सम्पर्क कार्यालय राखेको बिषयलाई लिएर दुबै पार्टीबीच विवाद उत्पन्न भएको थियो ।

२०७४ बैसाख २५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...