मानवअधिकारकर्मी तामाङ चरिकोटबाट गिरफ्तार



चरिकोट ।

प्रहरीले दोलखाको चरिकोटबाट एक जना मानवअधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।

शुक्रबार विहान ११ः४५ बजे जिल्ला अदालत परिसरबाट प्रहरीले मानव अधिकारकर्मी प्रेम तामाङलाई गिरफ्तार गरेको हो ।

तामाङ मानव अधिकारवादी संगठन जनअधिकार अभियान नेपालका जिल्ला प्रतिनिधि हुन् । विना कारण गिरफ्तार गरेको भन्दै जनअधिकार अभियान नेपालले अापत्ति जनाउँदै तुरुन्त रिहा गर्न माग गरेको छ ।

२०७४ बैसाख २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...