सिंगो सहर ध्वस्त पार्न सक्ने २ सय २६ किलोको बम भेटिएपछि... (फोटोफिचरसहित)

  • एजेन्सी
ग्रीसको दोस्रो ठूलो सहर हो थेस्सालोनिकीमा एउटा ठुलो बम भेटिएको छ । यहाँका जनतालाई वर्षैंदेखि उनीहरु मृत्युको मुखमा बाचिरहेका छन् भन्ने कुरा थाहा थिएन। यहाका बासिन्दाको ज्यान लिने एउटा २ सय २६ किलोको बम यो सहरको एक ग्यास स्टेशनमुनि पुरिएको थियो। 

यदि यो बम पड्किएको भए सिंगो सहर नष्ट हुन्थ्यो। फेब्रुअरी २०१७ मा यहाँ ७२ वर्ष पुरानो बम भेटिएको हो । जसको तौल करिब २ सय २६ किलो थियो। 

यो बम सहरको मध्यभागमा रहेको ग्यास स्टेशनमा भेटिएको थियो । स्टेशनको फ्युल ट्यांक मर्मतको काम भइरहेको बेला उक्त बम भेटिनासाथ सहरको १.२ माइलको परिभिधित्रका सबै मानिसहरुलाई अन्यत्र सारियो।

त्यसपछि ग्रीक आर्मीले बम डिफ्युज गरेको छ। बम डिफ्युजिङ टिमकका अनुसार यो बम विश्वयुद्धको समय खसालिएको अनुमान गरिएको छ ।





,

प्रतिकृया दिनुहोस्

Loading...