चार बच्चाकी आमा र नाबालक जब रंगेहात समातिए…



एजेन्सी ।

भनिन्छ, माया अन्धो हुन्छ । तर, यो खबर पढेपछि तपाईले भन्नुहुनेछ कि यहाँ प्रेम गर्ने दुवै जना अन्धा थिए । यो घटना बिहारको भागलपुर जिल्लाको हो, जहाँ ३५ वर्षिया चार बच्चाकी आमा एक नाबालकसँग प्रेममा परिन् । तर ती दुईको उक्त प्रेम-सम्बन्ध धेरै दिन लुक्न सकेन र महिलाको परिवारले पनि थाहा पाए ।

महिलाका घरका सबै सदस्यहरु कुनै विशेष कामका लागि बाहिर गएका थिए । त्यसपछि उनले आफ्ना प्रेमीलाई घर बोलाइन् । तर उक्त महिलाको घर गइरहेको छिमेकीले देखे र त्यसको जानकारी उनको घरमा लगाइदिए ।

महिलाको परिवार घरमा आइपुग्दा त्यहाको अवस्था सोचेको भन्दा फरक थियो । घरको कोठाबाट महिला र नाबालक रंगेहात समातिए । अनैतिक हर्कतपछि स्थानीय मानिसले उनीहरुलाई कुटपिट गरे । नजिकैको प्रहरी कार्यालयले यस घटनाको जानकारी पाएपछि प्रहरीले स्थानीयको हातबाट उनीहरुलाई बचाएर प्रहरी चौकी लगे । उक्त घटनाको छानविन भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...