परिक्षाको तयारी गर्दै हुनुहुन्छ ? यसरी पढे आउँछ बढी अंक !

  • काठमाडौँ ।
परिक्षा भन्ने वितिकै अधिकांसलाई तनाव हुन्छ । त्यो जुनसुकै खाले परिक्षा किन नहोस् । तर नपढेर भन्दापनि पढ्न नजानेर अनुतिर्ण हुनेहरु धेरै छन् । यसो त धेरैलाई पढ्ने तरिकापनि थाहा छैन । 

परिक्षाको तयारी गर्दै हुनुहुन्छ भने आफ्नो पढाईको वातावरणलाई राम्रो बनाउन आवश्यक छ । सहि समयमा पढ्नु निकै आवश्यक त छ नै, पढ्ने क्रममा अरु धेरै कुराहरुलाई ध्यान दिन समेत जरुरी छ । हेर्नुहोस् हामीले विभिन्न शिक्षक तथा मनोबैज्ञानिकहरुको सल्लाहमा तयार गरेको सहि तरिकाले पढ्ने १० टिप्स :

१. आफू पढ्न बस्ने कोठा उज्यालो र सफा राख्नुहोस् ।

२. लगातार नपढ्नुहोस् । कम्तिमा आधा एक घण्टामा फ्रेस हुनुहोस् । जसको लागि तपाई आफूलाई मनपर्ने गीत सुन्न सक्नुहुन्छ । यसबाहेक हल्का हावामा हिँडडुल गर्दापनि हुन्छ ।

३. नियमित नुहानुहोस् । यसले तपाईंको स्वास्थ्यलाई निकै राम्रो गर्छ र ज्यानलाइ तन्दुरुस्त राख्छ ।

४. पानी प्रसस्त पिउनुहोस् । पढ्ने क्रममा तपाईंको शरिरमा भएको धेरै शक्ति नाश हुने हुनालेपनि पानी प्रशस्त पिउनुपर्छ ।

५. अध्ययन गर्ने कोठामा टेलिभिजन नराख्नुहोस् । तर ताजा जानकारी तथा समाचारको लागि रेडियो टेलिभीजन हेर्नुहोस् । विशेषगरी लोकसेवाको तयारी गरिरहेकालाई यो टिप्स काम लाग्छ ।

६. बेलाबेलामा पढेका कुराबारे साथीहरुसँग छलफल गर्नुहोस् ।

७. पिरो खानेकुरा सकभर नखानुस् । किनकी गहिरो अध्ययनका बेलामा शरिरको तपक्रम बृद्दि हुन्छ र झन पिरोले दिमाग छिटो थाक्छ ।

८. मिति सम्झंदा क्रम मिलाएर संझनुहोस् । अथवा उक्त मितिको बारेमा प्रसस्त जानकारी र त्यो जानकारिको बारेमा छलफल गर्नुहोस् !

९. पढ्नु र सम्झनु दुइ अलग कुराहरु हुन् । त्यसैले पढेको कुरालाइ सम्झन वा ताजा राख्न 'रिभिजन' गर्नुहोस् ।

१०. जे पढ्दैहुनुहुन्छ त्यसलाई सक्याउने उदेश्यका साथ पढ्नुहोस् । आफुले पढ्नुपर्ने सबै विषयलाई उतिनै माया गर्नुहोस् । गाह्रो विषय बढी पढेपनि सजिलो विषयलाई हेला नगर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

Loading...