चरम आनन्द प्राप्तिका लागि अनिवार्य थाहा पाउनुहोस् यौन सम्बन्धबारेका भ्रम र तथ्य



काठमाडौं ।

यौन सम्बन्धमा व्यक्तिहरु प्रायः भ्रममा हुन्छन् । यौनका बारेमा भएको अधुरो जानकारी नै यसको कारण हो । 

यस सम्बन्धमा सही जानकारी नभए महिला र पुरुष यसको इन्दाज मात्रै गर्न भएकाले गलत हुन सक्ने सम्भावना रहेको छ । सेक्स सम्बन्धी भ्रमका कारण नै व्यक्तिहरु सेक्सको आनन्द लिन सक्दैनन् । 

यसर्थ यस सम्बन्धी भ्रम र त्यसको तथ्यका बारेमा जानकारी लिऔं..

भ्रम : ओरल सेक्सले केही खतरा हुँदैन । पुरुष सधैं सेक्सका लागि तयार हुन्छ ।

तथ्य : ओरल सेक्सले यौन सञ्चारित रोग फैलने सम्भावना निकै ज्यादा जोखिम हुन्छ । अझ मुख तथा घाँटीमा केही चोट लागेको अवस्थामा ओरल सेक्स गरे झनै उक्त रोग फैलने खतरा रहन्छ । तनाव र थकानका बेला पुरुष सेक्समा रुची राख्दैनन् । एक अध्ययनका अनुसार १४ प्रतिशत पुरुष सेक्सका बारेमा हर ७ मिनेटमा सोच्ने गर्छन ।
भ्रम : आकारले असर पार्छ । फोरप्ले गर्न हुँदैन ।

तथ्य : आफ्नो मनबाट यो भ्रम निकाल्नुहोस की साइजले सेक्स सम्बन्धमा असर पर्छ । सेक्स सम्बन्ध राम्रो बनाउन उक्त कुरामा ध्यान दिनुहोस् की तपाईं आफ्नो सेक्स पार्टनरको भावना बुझ्नुहोस् । सेक्सको आनन्द लिनका लागि फोरप्ले निकै आवश्यक पर्छ । तर, फोरप्लेका लागि सही तरिका अपनाएर आफ्नो सेक्स पार्टनरको खुशी र आनन्द दिन सक्नुहुन्छ ।

भ्रम : शीघ्रपतन रोग होइन । सेक्सको आसन आवश्यक पर्दैन ।

तथ्य : सीघ्रपतन समस्या पुरुषमा सामान्य नै हो । सेक्सका लागि तयार हुँदै गर्दा वीर्य स्खलन हुनुलाई नै शीघ्रपतन भनिन्छ । यस्तो अवस्थामा पुरुष आफ्नो महिला पार्टनरलाई सन्तुष्ट गर्न सक्दैन । यौन सम्पर्कका लागि विभिन्न तरिकाको आसन अपनाउनु राम्रो हुन्छ। तर, सुरक्षित र आसन आसनका लागि मात्रै प्रयोग गर्नुहोस् ।

भ्रम : सेक्सका बेला यौनब्रदक तथा यौन शक्ति बढाउने औषधी प्रयोग गर्नुपर्छ ।

तथ्य : बजारमा उपलब्ध विभिन्न प्रकारका औषधी प्रयोग गरेर केही समयका लागि तपाईं आफ्नो सेक्स क्षमता बढाउन सक्नुहुन्छ । तर, यी औषधीका साइड इफेक्ट धेरै हुन्छ । यस कारण यौनब्रदक औषधीको प्रयोग नगर्नुहोस् ।

भ्रम : गर्भावस्थामा सेक्स गर्न हुँदैन । महिनावारी बन्द भएपछि महिलाको यौन जीवन समाप्त हुन्छ ।
तथ्य : गर्भावस्थामा पनि यौन सम्बन्ध कायम गर्न सकिन्छ । तर, गर्भावस्थाको केही निश्चित अवधि पश्चात विलकुलै यौन सम्पर्क गर्न हुँदैन । महिनावारी बन्द भएपछि पनि महिला सेक्स सम्बन्ध कायम गर्न सक्छन् । महिनावारी बन्द हुनुको मतलव यो होइन की महिलाको यौन जीवन नै समाप्त भयो ।

भ्रम : खानपानले यौन जीवनमा कुनै असर पार्दैन ।

तथ्य : यो गलत हो । खानपानले यौन जीवनमा पूरै असर पार्छ । यौन क्षमता तपाईंको दैनिक खानपानमा निर्भर हुन्छ । यद्यपी तपाई स्वस्थ र पोषणयुक्त भोजन गर्नुहुन्छ भने तपाईंको सेक्स क्षमता धेरै हुन्छ ।
सेक्स सम्बन्धी भ्रमका कारण नै सेक्सको आनन्द लिन सक्दैनन् ।

प्रतिकृया दिनुहोस्

Loading...