संखुवासभामा काँग्रेस अत्यधिक बहुमतले विजयी, धरान उपमहानगरमा पनि धमाका मच्चाउदै

  • काठमाडौं । 
संखुवासभाको चिचिला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । कांग्रेसका तर्फबाट प्रमुखको उम्मेदवार बनेका पासाङ नेर्वु शेर्पा भारी मतले विजयी भएका हुन् ।

उपप्रमुखमा पनि कांग्रेसकै यादुकुमारी राई बिजयी भएकी छिन् । पासाङ नेर्वु शेर्पाले १४६२ मत पाएका थिए । उपप्रमुखमा यदुकुमारी राईले १३७२ मत पाएर विजयी भएकी हुन् । एमालेबाट प्रमुखको उम्मेदवार बनेकाले ७७० मत पाए भने उपप्रमुखमा ७४९ मत आएको थियो ।

उता धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसले निरन्तर अग्रता लिइरहेको छ । अहिलेसम्म नेपाली काँग्रेसका उम्मेदवारले मेयरमा ६५९ र उपमेयरमा ६४३ मत पाएका छन् ।

यसैगरी, नेकपा एमालेले मेयरमा ४०० र उपमेयरमा ४१० मत ल्याएका छन् । तेस्रोमा रहेको माओवादीले मेयरमा १८३ र उपमेयरमा ८२ मत ल्याएको छ । अहिले वडा नम्बर १ र २ को मतगणना भइरहेको छ । बिहान १० बजेसम्म १३ सय १० मत गणना भइसकेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...