आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा भ्रष्टाचार अभियोगमा पक्राउ

  • काठमाडौं । 

कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । 

कर निर्धारणका विषयमा छलफल गर्न आयोगले आज महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो ।

शर्मालाई आयोगले हिरासतमा राखेको छ । थप अनुसन्धानपछि मात्रै सबै विवरण सार्वजनिक आयोगले जनाएको छ । विभिन्न फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ ।

सरकारले दुई वर्षअघि लम्बुध्वज महतको संयोजकत्वमा उमेशप्रसाद ढकाल र शर्मा सदस्य रहेको कर फछ्र्यौट आयोग बनाएको थियो । यो आयोगमा १ हजार ७२६ निवेदन परेको थियो, जसमध्ये १ हजार ६९ उजुरीमाथि कारबाही गरी कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो ।

३० अर्ब ५२ करोड बराबरको निवेदन फछर्यौट गर्ने क्रममा आयोगले ९ अर्ब ५४ करोड तिर्न लगाएर २० अर्ब बढी बक्यौता मिनाहा गरेको थियो ।

महालेखा परीक्षकको कार्यालयले यसमा प्रश्न उठाएको थियो । उक्त बक्यौता विवादित भएर पुनरावलोकन वा मुद्दामा गएको नभई करदाताले अटेर गरेर नबुझाएको रकम भएको महालेखाले बताएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...