हनिमुन मनाउन नपाउँदै देउवा सरकालाई झट्का, राजपाको समर्थन फिर्ता...

  • परासी । 
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का वरिष्ठ नेता हृदयेश त्रिपाठी असार १४ लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता हुने बताएका छन् । प्रचण्ड हुँदै देउवा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन नहुँदा चुनाव वहिष्कार गर्नुपरेको बताउँदै नेता त्रिपाठीले समर्थन फिर्तापछि सरकार संकटमा पर्ने बताए ।

आज नवलपरासीको बेलाटारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता त्रिपाठीले सरकारले घेराबन्दी गरेर राजपालाई एक्लाएको दुखेसो गरे । एकलो बनाइएको राजपाले अब सरकारलाई समर्थन गर्नु कुनै जरुरी नभएको भन्दै समर्थन फिर्ताका लागि संसदिय दलमा जानकारी दिने लगायतका प्रकृयाहरु सुरु भइसकेकाको बताए ।

असोज २ पछि मुलुकमा गंभिर संकट आउने भन्दै २ नम्बर प्रदेशको चुनाव सफल नहुनेमा उनले दाबी गरे । प्रदेश नम्बर ५ मा जस्तो जर्वजस्ती चुनाव गराउन नसक्ने ठोकुवा गर्दै नेता त्रिपाठीले सरकार असफल भएपछि त्यहीबाट असोज ३ गते आन्दोलन गरिने बताए । प्रदेश नम्बर ५ को थारु र मधेस बाहुल्यता क्षेत्रमा व्यापक रुपमा सेना र प्रहरी परिचालन गरेर निर्वाचन गराउन थालेको भन्दै नेता त्रिपाठीले राजपासँग आतंकित नहुन सरकारलाई आग्रह गरे ।

राजपाका नेता हृदयेश त्रिपाठीले प्रदेश नम्बर ५ का रुपन्देही र कपिल्वस्तुमा राजपाका नेता नभई गाउँका कार्यकर्ताहरु चुनावमा सहभागी भएको भन्दै त्यो पार्टीको सहमतिमा भने नभएको दाबी गरे । 

२०७४ असार ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...