जनयुद्धको उद्गम थलो थवाङको मत परिणाम सार्वजनिक

  • रोल्पा ।

माओवादी जनयुद्धको उद्गम थलो रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बाजी मारेको छ ।

माओवादी केन्द्रका उम्मेदवार बीरबहादुर घर्ती अध्यक्षमा निर्वाचित भएका हुन् । घर्ती १ हजार ९ सय ९० मत प्राप्त गरी विजयी भए । थवाङ गाउँपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकै रामकिरणी रोका विजयी भएकी छन् । रामकिरणीले एक हजार ९ सय ६७ मत पाइन् ।

माओवादी जनयुद्धको उद्गम थलो थवाङका बासिन्दाले यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा शून्य मतदान गरेका थिए ।

पछिल्लो समय नेकपाको बर्चोश्व रहेको थवाङमा पार्टी केन्द्रको निर्णय विपरित स्थानीय तह निर्वाचन बहिष्कार गरेको नेकपाका स्थानीय एक समर्थकले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीपछि विप्लव पनि चुनाव लड्दै भनेर बिभिन्न मिडियाहरुले हंगामा समेत गरेका थिए । 

,

प्रतिकृया दिनुहोस्

Loading...