पोखरामा स्कुटरलाई ठक्कर दिने बसमाथि आक्रोसित भिडद्वारा आगजनीको प्रयास (भिडीयोसहित)

  • आश तमु, पोखरा ।
कक्षा ११ को परिक्षा दिएर घर फर्किदै गरेका दुई विद्यार्थीलाई पोखरा लेखनाथ नजिकै बसले ठक्कर दिदा घाइते भएका छन।

विन्ध्यवासीनि मावि बरपाटनमा परिक्षा दिएर ग १२ प ३८२७ नम्बरको स्कुटरमा घर फर्कदै गरेका रुपेश थापा र शिशिर थापालाई बेनीबाट काठमाडौ जादै गरेको बा ५ ख ९५०५ नम्बरको बसले ठक्कर दिएको हो । घाईते भएका दुवै जना माउन्ट अन्नपुर्ण क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् । 

दुर्घटनालगत्तै आक्रोसित बिद्यार्थीहरुले बसमाथि आगजनीको प्रयास गरेका थिए ।  प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । आक्रोशित बिद्यार्थीले ठक्कर दिने बसको सिसा फुटाएका छन् । दुर्घटना लगतै बिद्यार्थीले ठक्कर दिने बसमा आगो लगाएपछि निभाउन भित्र पसेका प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदीमाथि समेत पेट्रोल छर्केर आगो लगाउने प्रयास भएपछि भएको थियो ।

बसमाथि तोड्फोेड गरेको भन्दै प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । बिहिबार बिहान १० बजे परीक्षा सकेर फर्किदै गरेका थापाद्धय स्कुटरबाट बाटो क्रस गर्ने क्रममा माथिबाट तिब्र गतिमा आएको बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । गम्भिर घाइते उनीहरुलाई सहारा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएकाे छ ।

दुर्घटनास्थलमा जम्मा भएको भिड पन्छाउने क्रममा प्रहरीले लाडीचार्च समेत गरेको थियो । आक्रोसित भिडले गरेको आक्रमणमा प्रहरी सहायक निरिक्षक सुवेदी सहित प्रहरी हबल्दार पूर्ण बहादुर डेगा र प्रहरी जवान रामशरण तिवारी समेत घाइते भएका छन् ।
हेर्नुहोस् भिडियो 

२०७४ असार ८ मा प्रकाशित 

,

प्रतिकृया दिनुहोस्

Loading...