एकाविहानै यस्तो आयो देशभरिको परिणाम, कसले कहाँ लिड गर्दै छन् ? (ताजा अपडेट)

  • काठमाडौं ।

विराटनगर महानगरपालिकामा अहिलेसम्म ३२० मत गणना भएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर र उपमेयर पदका उम्मेदवार अगाडि देखिएको छ ।

मेयरमा कांग्रेसका उम्मेदवारले १५२ पाएका छन् । एमालेका मेयरका उम्मेदवारले एमाले ९७ मत पाएका छन् । संघीय समाजवादी फोरमका मेयरका उम्मेदवारले ७ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवारले ११५ मत पाएका छन् भने फोरम लोकतान्त्रिकका उम्मेदवारले ५७ मत पाएका छन् । माओवादी केन्द्रका उपमेयरका उम्मेदवारले ४७ मत पाएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकामा २९०० मत गणना भएको छ । एमालेका उम्मेदवारले करिव ३०० को अग्रता लिएको छ । एमालेका प्रमुखका उम्मेदवारले १२४४ मत पाएका छन् ।

प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले ९१५ मत पाएका छन् । माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले ६१५ मत पाएका छन् ।

कैलालीको लम्की–चुहा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो अपडेट अनुसार मेयर पदका लागि कांग्रेसले १००६ मत पाएको छ ।

एमालेका मेयर पदका उम्मेदवारले ८१८ मत पाएका छन् । माओवादी केन्द्रका मयरका उम्मेदवारले ६८९ मत पाएका छन् । फोरम लोकतान्त्रिकले ५८० मत पाएको छ ।

झापाकै अर्जुनधारा नगरपालिकामा भने एमालेले अग्रता कायमै राखेको छ । एमालेका मेयरका उम्मेदवारले ९१६ र उ उपमेयरले ८७८ मत पाएका छन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवारले ७९८ र उपमेयरमा ५३७ मत आएको छ । माओवादी केन्द्रका मयेरका उम्मेदवारले ५१७ र उपमेयरले १०९ मत पाएका छन् ।

झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाले अग्रता बढाँउदै लगेको छ । प्रमुखमा राप्रपाका उम्मेदवारले ११२७ मत पाएका छन् । एमालेका प्रमुखका उम्मेदवारले ८३१ र नेपाली कांग्रेसका प्रमुखका उम्मेदवारले ४९३ मत पाएका छन् । माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले २०६ मत पाएका छन् ।

इलामको देउमाई नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसको अग्रता छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवारले ६६५ र उपमेयरले ६१५ मत पाएका छन् ।

एमालेका मेयरका उम्मेदवारलाई ५६२ तथा उपमेयरले ५८५ मत पाएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवारले ४०० र उपमेयरमा ४४६ मत आएको छ ।

डडेलधुराको परशुराम नगरपालिकामा प्रमुखमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीका मेयरका उम्मेदवारले ७०४ मत पाएका छन् । कांग्रेसका मेयरका उम्मेदवारले ६३४ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवारले ४१४ मत पाएका छन् ।

डडेलधुराको अमरगढी नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसका उम्मेदवारले २२५८ र उपमेयरमा १९९४ मत पाएका छन् ।

एमालेका मेयरका उम्मेदवारले २१३७ तथा उपमेयरका उम्मेदवारले २०७५ मत पाएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवारले २२३ र उपमेयरले ३६४ मत पाएका छन् ।

२०७४ असार १६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...