अन्तैबाट सञ्चालितसँग नयाँ सम्बन्ध टुटाएर पुरानैको टिका लगाएपछि…

  • काठमाडौ । 

अनिता यादवले नेकपा एमालेमा बसेर १४ वर्ष काम गरेकी थिइन् । केही वर्ष मधेसको राजनीति गर्नका लागि मधेसी दलमा आवद्ध भइन् । तर, सवै रिमोटबाट चलेको देखेपछि नेतृत्वमा हुँदा पनि पार्टी छाडेर उनी फेरि एमालेमा छिरिन् । उनले अन्तैबाट सञ्चालित नेताहरूसँग सम्बन्ध राखेर बस्न नसक्ने भएपछि निस्किएको दाबी गर्छिन् ।

मधेसमा तिव्र आलोचना र विरोधको शिकार भएको नेकपा एमालेलाई अहिले शान्तिको सास फेर्ने मौका आएको छ । यहि मौकाको सदुपयोग गर्दै एमाले अध्यक्ष केपी ओलीले भने,‘एमाले मधेसविरोधी भन्नेका लागि गतिलो जवाफ हो ।’ आजको जनप्रहार साप्ताहिकमा समाचार छ ।

राष्ट्रिय जनता पार्टीकी कोषाध्यक्ष यादवलाई एमालेमा स्वागत गरेपछि उनले यस्तो बताएका थिए । राजपा कोषाध्यक्ष यादव एमाले छिरेपछि मधेसमा गलत सन्देश गएको बताएकी छिन् । उनले राजपाका नेताहरू अन्तैबाट सञ्चालित भएपछि सम्बन्ध टुटाएको पनि दाबी गरेकी छिन् ।

राजपाका नेता को बढि क्रान्तिकारी बन्ने भन्ने होडमा रहेका छन् । खासगरी राजेन्द्र महतालेले सवैलाई छिचोल्न थालेका छन् भने महन्थ ठाकुरको राजनीतिक जीवन पनि यहि प्रतिशोधमा सक्किन लागेको छ ।

यादवले भनिन्,‘मधेसी मोर्चामा आवद्ध नेताहरूबीच को बढी क्रान्तिकारी, को बढी मधेसवादी देखिने होड चलिरहँदा एमालेलाई प्रमुख दुश्मन घोषणा गरियो । प्रधानमन्त्रीमा भोट कांग्रेस र माओवादीलाई हाल्ने अनि मधेसको अधिकार चाहिँ एमाले दिनुपर्ने भन्ने कुरामा फरक मत राख्नै नपाइने ।’

२०७४ असार ६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...