भरतपुर मतदानमा एमाले सहभागी हुने, चितवन अध्यक्षले खोले यस्तो रहस्य

  • काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भरतपुर मतदानमा सहभागी हुने भएको छ ।

चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध संसदमा प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध गरेको प्रमुख प्रतिपक्षी एमाले पुनः मतदानमा भने सहभागी हुने भएको हो ।

बाहिर आयोगको निर्णयको विरोध गरे पनि भित्रभित्रै चुनावको तयारी भएको एमाले नेताले नै खुलासा गरेका छन् । आयोगको निर्णयलगत्तै शनिबार बसेको एमाले स्थायी समिति बैठकले निर्वाचन आयोगको निर्णय खारेज गर्ने र निर्वाचन प्रक्रियामा नजाने निर्णय गरेको थियो । तर, एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले आफूहरु चुनावका लागि तयार रहेको बताए ।

‘पुनः मतदानमा हामी सहभागी हुन्छौं’, पोखरेलले भने, ‘जनताको जनमत लिन डराउने पार्टी एमाले होइन ।’ पोखरेलले १९ नम्बर वडाबाट एमालेले पुनः मतदानमा ८० प्रतिशतभन्दा बढी मत लिने दाबी गरे । निर्वाचन आयोगले शनिबार छानबिन समितिको प्रतिवेदनका आधारमा उक्त वडाको सम्पूर्ण मतपत्र बदर गर्दै पुनः निर्वाचन गराउन जिल्ला निर्वाचन कार्यालय चितवनलाई निर्देशन दिएको थियो ।

१९ नम्बर वडाको मतगणनाका क्रममा एमाले र काँग्रेस कार्यकर्ताबीच विवाद भएपछि ९० वटा मतपत्र गन्नै नमिल्ने गरी च्यातिएको थियो । मतपत्र च्यातेको आरोपमा पक्राय परेका माओवादी केन्द्रका कार्यकर्ताहरु मधु न्यौपाने र द्रोणबाबु सिबाकोटी जनही एक लाख धरौटी बुझाएर अदालतको आदेशमा रिहा भइसकेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...