बाहुबली-२ का मुख्य अभिनेता प्रभासबारे बाहिरियो यस्तो रोचक खबर !

  • काठमाडौं ।
बाहुबली-२ फिल्मबाट सबैभन्दा बढि चर्चामा रहेका मुख्य अभिनेता प्रभासको विषयमा एउटा रोचक खबर सार्वजनिक भएको छ । प्रभासलाई ६ हजार युवतीले विवाहको प्रस्ताव राखे पछि उनि अहिले चर्चाको शिखरमा छन्।

प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रुपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि ब्यापक बन्दै गएको छ । सुन्दर अनुहार, गडिलो शरीर र प्रतिभाका कारण उनका फ्यान धेरैजसो केटीहरु छन् ।

प्रभास अहिलेसम्म सिंगल छन् । उनलाई ‘मोस्ट इलिजेबल ब्याचलर’ मान्न थालिएको छ ।

खबरअनुसार बाहुबली २ रिलिज हुदाँसम्म उनलाई ६ हजार जनाबाट विवाहको प्रस्ताव आएका थिए । तर, उनले सबै प्रस्ताव अस्वीकार गरे । प्रभास केवल आफ्नो करिअरमा फोकस हुन चाहन्थे ।

प्रभासले आफ्नो फिल्म र निर्देशक एसएस राजामौलीसँग गरेको वाचा निभाउनका लागि अरु कुरामा ध्यान नै दिएनन् । यहाँसम्म कि चार वर्षसम्म उनले एउटा विज्ञापनसमेत साइन गरेनन् । यही कारणले बीचमा उनलाई पैसाको अभाव पनि भएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...