प्रधानमन्त्री देउवाको कुर्सी धरापमा, महिनादिन बित्न नपाउदै राजीनामा माग

  • काठमाडौं । 
प्रधानमन्त्री बनेको महिनादिन नपुग्दै देउवाको राजीनामा मागिएको छ ।  सरकारले प्रदेश नम्बर २ को चुनाव सारेको विरोधमा तराईका विभिन्न स्थानमा युवा तथा विभिन्न विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका छन् । 

उनिहरूले बिहिबार साँझ सर्लाहीको लालबन्दी, हरिवन आसपास बजारमा चुनाव सारिएको विरोधमा राँके जुलुस निकालेका हुन् ।

मधेस र मधेसी जनतालाई सरकारले धोका दिएको भन्दै युवा तथा विद्यार्थीहरुले देउवा सरकारको राजीनामा समेत मागेका छन् । उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला पनि जलाएका छन् ।

त्यसक्रममा मुलुक विखण्डनकारी सरकार भन्दै आन्दोलनकारीले नारा जुलुस गरेका थिए । राँके जुलुसको नेतृत्व अनेरास्ववियुले गरेको अखिलका सचिव आरसी लामिछानेले बताए । 

प्रतिकृया दिनुहोस्

Loading...