गुल्मीमा मतदान केन्द्रनजिकै दुई वटा बम विस्फोट


काठमाडौं ।

गुल्मीको मदाने गाउँ पालिकामा २ वटा बम विस्फोट भएका छन् । 

आइतबार मध्यराति गुल्मीको मदाने गाउँ पालिकाकाे ७ नम्बर वडास्थित दिपक मावि बुथ नजिकै ठुलो आवाज निस्किने गरी शाक्तिशालि बम विस्फोट भएको हो । त्यस लगत्तै ६ नम्बर वडाकाे बुथनजिकै अर्को बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

बम विस्फोट कसले र किन गरायो भन्ने अहिलेसम्म स्वतन्त्र पुष्टि नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






,

प्रतिकृया दिनुहोस्

Loading...