कम्युनिष्ट पार्टीद्वारा आज मेची बन्द घोषणा, अवज्ञा गर्नेलाई कारवाहीको चेतावनी..

  • काठमाडौं । 
नेपाल कम्युनिस्ट पार्टीले आज शुक्रबार मेची बन्दको घोषणा गरेको छ । बन्दका कारण पूर्वको जनजीवन बिहानैदेखि ठप्प छ । 

सरकारले बिनाकारण पार्टीका केन्द्रीय सहित नेता–कार्यकर्तालाई गिरफ्तार गरेर झुठा मुद्दा चलाउन खोजिएको भन्दै विरोधस्वरुप मेची ब्यूरोले असार २ गते शुक्रबार बन्दको घोषणा गरेको हो ।

जेठ ३१ गते बुधबार नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्यसुमन लिम्बु, मेची ब्यूरो सदस्य डिल्ली मैनाली र झापा जिल्ला सचिव तारा थापालाई प्रहरीले बिनाकारण पक्रेर हिरासतमा राखेको बिहीबार ताप्लेजुङ जिल्ला संगठन समितिका सेक्रेटरी राजनले एक प्रेस विज्ञप्ति जारी गरेर मेची बन्दको घोषणाबारे जानकारी दिएका छन् । लिम्बु मेची ब्यूरो इन्चार्ज समेत हुन् ।

सेक्रेटरी राजनले पार्टी कामका सिलसिलामा खटिएिका नेताहरुलाई दलाल सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै नेताहरुको तत्काल बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ । मेची ब्यूरो गरेको मेची बन्दप्रति ऐक्यवद्धता समेत उनले जनाएका छन् ।

तत्काल रिहा नगरिएका सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ । साथै बन्दमा सफल पार्न सबैमा अपिल गर्दै बन्द अवज्ञा गर्नेलाई कारवाही गर्ने समेत जानकारी गराइएको छ ।

२०७४ असार २ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...