एमाले,राप्रपा र जनमोर्चा दरबारबाटै परिचालित भएको काँग्रेसको आरोप

  • काठमाडौं ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद मीनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश शुसिला कार्कीमाथि लगाईएको महाअभियोग दोस्रो चरणका स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र संविधान कार्यान्वयनका लागि फिर्ता लिनु परेको बताएका छन् ।

रफत सञ्चार क्लबको साक्षात्कारमा विश्वकर्माले नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जनमतका आधारमा ३८ प्रतिशत निर्वाचन जितेको बताए ।

उनले विगतमा बयलगाढा चढेर अमेरिका पुग्नु र रत्नपार्कमा कराउँदैमा गणतन्त्र आउँछ रु भन्दै जोक गर्ने केपी ओली, संघीयता नेपालमा हुनै सक्दैन भन्ने चित्रबहादुर केसी र संविधानमा हिन्दुराज्य र राजतन्त्र राख्नुपर्छ भन्ने राप्रपा अहिले एउटै कोठामा रहेको टिप्पणी समेत गरे ।

केन्द्रीय सदस्य विश्वकर्माले यी तीनवटै दललाई अहिले पनि दरबारको सहयोग मिलेको र यिनीहरु दरबारबाटै परिचालित भएको समेत विश्वकर्माले आरोप लगाए ।

उनले मधेशवादी दलको संघीयता, माओवादी केन्द्रको गणतन्त्र र नेपाली काँग्रेसको मुद्दा मिलेको कारण अब पनि नेपाली काँग्रेसको नेतृत्वको सहमतीय सरकार बन्ने र नेपाली काँग्रेस दोस्रो स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने ठोकुवा गरे ।

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा यसै महिनाको तेस्रो सातासम्म नयाँ सरकार गठन हुने र यो सरकार अधिकत्तम सहमतिको सरकार हुने बताउँदै उनले देउवा नेतृत्वको सरकारले स्थानीय तहको दोस्रो मात्रै नभई प्रदेश र संसदको निर्वाचन गराउने जिकिर गरे ।

२०७४ जेठ २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...