प्रहरी कार्यालय भित्रै घन्कियो जनयुद्धको नारा (हेर्नुहोस् भिडियोसहित)

  • प्यूठान ।
जिल्ला प्रहरी कार्यालय प्यूठान परिसर भित्रै कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले जनयुद्धको नारा घन्काएका छन् । 
जिल्ला पार्टीको बैठक चलिरहेका बेला घेरा हालेर गिरप्तार गरी जिल्ला प्रहरी कार्यालय पुर्याइएका नेता कार्यकर्ताहरुले  परिसर भित्रै नाराबाजी गरेका हुन् ।

पक्राउ परेका ३ केन्द्रीय नेतासहितका कार्यकर्ताहरुले प्रहरी कार्यालय परिसर भित्रपुर्याउन बितिकै 'जनयुद्ध जारी छ' भन्दै नारा लागाएका थिए । 

प्रहरीले देशैभर कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरेर आतंकित गर्न र हतोत्साहित पार्न खोजिरहेको छ भने कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता यसरी प्रहरी हाताभित्र नै जनयुद्धको नारा लगाएर चुनौती दिइरहेका छन् ।

माओवादी आन्दोलनका बेला कुनैदिन सँगै लडेका जनार्धन शर्मा र अशल क्षेत्री अहिले एक अर्काका दुश्मन देखिएका छन् । यता शर्मा गृहमन्त्री भएकै दिन कम्युनिष्ट पार्टीका नेता नेताकार्यकर्तालाई प्रहरीले यसरी गिरप्तार गरेको हो । 

हेर्नुहोस् भिडियो

यो पनि पढ़नुहोस् 

,

प्रतिकृया दिनुहोस्

Loading...