धरानमा एमालेको ‘किल्ला’ भत्काउन माओवादीको यस्तो अनौठो प्रस्ताव ! होला त सम्भव ?

  • काठमाडौं । 
धरान मुलुककै पहिलो उपमहानगर हुन सक्छ जहाँ माओवादी केन्द्र खानेपानी र बिजुली निःशुल्क दिने ‘पपुलिस्ट’ नारा अघि सारेर चुनावमा उत्रेको छ । केन्द्रले आफ्नो पार्टीले मेयर जिते प्रतिपरिवार दैनिक १० हजार लिटर खानेपानी र प्रतिमहिना १० युनिट बिजुली निस्शुल्क उपलब्ध गराउने भन्दै भोट मागिरहेको छ ।

माओवादी केन्द्रले धरानबासीको मन जित्न अर्को पनि ‘पपुलिस्ट’ नारा दिएको छ, त्यो हो धरानलाई प्रदेश नं। १ को राजधानी बनाउने । विराटनगरपछिको पूर्वकै पुरानो नगरमा मेयर जित्न उसले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र जनमुक्ति, खम्बुआन र लिम्बुआनका नाममा खुलेका विभिन्न जातीय पार्टीसँग गठबन्धनसमेत गरेको छ । माओवादी केन्द्र, संघीय समाजवादी फोरमसहितको गठबन्धनले मेयरमा अइन्द्रविक्रम बेघा र उपमेयरमा पारस काङवाङ राईलाई उम्मेदवार उठाएको छ । बेघा माओवादी केन्द्रका हुन् भने राई संघीय समाजवादी फोरमका ।

कांग्रेस र एमालेले भने मेयर र उपमेयरसहित सबै पदमा आ–आफ्नै पार्टीको बलमा प्रतिस्पर्धा गरिरहेका छन् । कांग्रेसले मेयरमा तिलक राई र उपमेयरमा श्यामा रेग्मी तथा एमालेले मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई उठाएका छन् । यहाँ मेयर र उपमेयरमा १२–१२ जना उम्मेदवार छन् । यहाँ राप्रपाले मेयरमा तारा शाक्यलाई उम्मेदवार बनाएको छ । धरानमा सांगठनिक हिसाबले राप्रपा कमजोर भएकाले उनको खासै चर्चा भने छैन । २० वटा वडा भएको धरानमा ७९ हजार २ सय ८२ मतदाता छन् ।

धरान ०१५ सालदेखिकै कम्युनिस्टको किल्ला हो । पञ्चायतकाललाई अपवाद मान्दा यहाँ कम्युनिस्ट उम्मेदवारले कहिल्यै हारेका छैनन् । यो ०४९ र ०५४ मा भएको स्थानीय चुनावमा एमाले, ०४८, ०५१, ०५६ को संसदीय निर्वाचनमा एमाले, ०६४ को संविधानसभा चुनावमा माओवादी र ०७० को संविधानसभा चुनावमा एमालेले जितेको ‘कम्युनिस्ट किल्ला’ हो ।

२०७४ असार ७ मा प्रकाशित .

,

प्रतिकृया दिनुहोस्

Loading...