एकाबिहानै धादिङमा भूकम्प गयो, एक जनाको मृत्यु, स्थानीय त्रसित

  • काठमाडौं । 
बुधबार बिहान १० बजेर २५ मिनेट जाँदा मकवानपुरको चितलाङमा केन्द्र विन्दु बनाएर ३ दशमलव २ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

दक्षिणपूर्वी धादिङको धुनिबेशि नगरपालिका-५ मा इट्टा भट्टामा काम गर्ने मजदुर भट्टामा रहेको इट्टा मिलाउँदै गर्दा आएको भूकम्पको धक्काका कारण इट्टाले लागेर भारत दरवंगाका मजदुर ३५ वर्षका रिजन सदाईको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उनका छोरा १० वर्षका दलम सदाई घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । उक्त धक्कापछि स्थानीय त्रसित बनेका छन् ।

२०७४ असार ८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...