१७ वर्षीया छोरीलाई पटक/पटक बलात्कार गर्ने अपराधी बुवा गिरफ्तार...

  • पाँचथर ।
पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ ।

पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । बाबुले छोरीलाई विगतदेखि नै पटक-पटक बलात्कार गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ ।

पीडितकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबु छोरी मात्रै बस्दै आएका थिए । बाबुले पटक/पटक बलात्कार गर्दै आएको भएपनि पीडित बालिकाले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबर गरेकी थिइनन् । तर, पछिल्लो पटक मादकपदार्थ सेवन गरी आएका बाबुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

टाउकोमा चोट लागेकी पीडित बालिकाले पीडा सहन नसकेर आफन्त तथा छिमेकीको सहयोगमा उजुरी गरेको प्रहरीले बताएको छ । पीडित बालिकाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाबुलाई हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...