मध्यरातमा पूर्वराजा ज्ञानेन्द्र शाहले बन सुँगुर काटेपछि नाती…

  • काठमाडौं । 
केहि दिन अगाडीको कुरा पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यरातमा बन सुँगुर काटेपछि नाति हृ्रदयन्द्र अनौठो मान्दै हेरिरहे । 

काठमाडौंबाट कुलपुजाका लागि स्याङ्जाको वालिङ पुगेको पूर्व राजपरिवारले मध्यरातमा आलमदेवीको पुजा गरेको निर्मल निवास निकट सुत्रले जनाएको छ । सुत्रका अनुसार आलम देवीको मन्दिरमा गरिएको कुल पुजामा आठ जना मगर पुजारीहरु थिए ।

त्यसमध्य प्रमुख पुजारी दुधेदाँत नझरेका एक जना कुमार मगर थिए । पुजाको चौबिसघण्टा अघिदेखी नै आठै जना मगर पुजारीहरु निरहार बसेका थिए । नारायणहिटी दरबार छोडेपछि पूर्व राजपरिवारले १२ बर्ष पछि पहिलो पटक कुल पुजा गरेको हो ।

गोर्खाली शाहवंशको कुल पुजामा बन सुँगुर (बँदेल) बलि दिने चलन छ । खासगरि सिंह,बँदेल जस्ता बलिया हिंस्रक जनावरहरुलाई सामान्य मठ मन्दिरमा वलि दिइदैन । अन्य मठ मन्दिरहरुमा घरपालुवा जनावरहरुको मात्रै वलि दिइने गरिन्छ ।

यस कुल पुजाको मध्यरातको एउटा रोचक घटना के भने प्राय परिवारबाट अलग बस्दै आएका पूर्व युवराज पारस शाह पनि अचानक वालिङको आलमदेवी मन्दिर पुगे त्यहाँ केहिबेर पिता ज्ञानेन्द्र र छोरा पारस बीच छोटो वार्तालाप पनि भयो । सुत्रका अनुसार उनलाई त्यहाँ लैजान र ल्याउने काम एउटा निजी हेलिकप्टरले गरेको थियो ।

वालिङको कुल पुजा पछि ज्ञानेन्द्र र पारश शाह काठमाडौं फर्किएको र हिमानी शाह गोर्खा लमजुङ तनहुँ हुँदै मुक्तिनाथ गएको वताइएको छ । हिमानीले तनहुँको व्याँसगुफा र ढोरबाराहीको धार्मिक यात्रा विहिवार सकेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...