कोमलसँगको २२ वर्षे सम्बन्ध किन तोडे हिमेश रेशमिया ?



एजेन्सी ।

गायक–संगीतकार तथा अभिनेता हिमेश रेशमियाको डिभोर्स भएको छ। ४३ वर्षीय हिमेशले पत्नी कोमलसँगको २२ वर्षे लामो वैवाहिक सम्बन्ध तोडेका हुन्।

गत वर्ष उनीहरुले सम्बन्ध विच्छेदका लागि आवेदन दिएका थिए र बान्द्राको परिवार अदालतले यसलाई अहिले मान्यता दिएको छ।

पत्नी कोमल र आफूले आपसी समझदारीमा यो कदम चालेको र यसमा कुनै समस्या नभएको हिमेशले बताएका छन्। उनीहरुको परिवारले पनि यो निर्णय स्वीकारेको र पारिवारीक सम्बन्धमा कुनै द्वेष नरहेको हिमेशको दाबी छ।
पछिल्लो समयमा हिमेशको अभिनेत्री सोनिया कपुरसँग सम्बन्ध रहेको चर्चा छ।

२०७४ जेठ २६ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...