संसद् भवनभित्रै अाक्रमण हुँदा १२ जनाको मृत्यु, ४२ घाइते

  • काठमाडौं । 

इरानको संसद भवनभित्र गोली चलेको छ । राजधानी तेहरानस्थित संसद भवनभित्र गोली चलेको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बन्दुकधारीको एक समूह संसद् भवनभित्र छिरेर आत्मघाती बम बिस्फोट गराएका थिए । आतंकवादी समूह इस्लामिक स्टेटले घटनाको जिम्मा लिएको छ ।

अाइएसले इरानको विरुद्धमा थालिएको मिसनबाट आफूहरुले ठूलै सफलता प्राप्त गरेको बताएको छ । अाइएसको अाक्रमणबाट गोली चल्दा १२ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

त्यसैगरी इरानका पूर्वधार्मिक नेता आयतोल्लाह खुमैनीको समाधीमा गोली चलेको छ । उनलाई आधुनिक ईरानका संस्थापक मानिन्छ ।

ईरानी समाचार एजेन्सी आईआरआई बीले एक सांसदलाई उदृत गर्दै संसदमा भएको आक्रमणमा कैयौं आक्रमणकारी सामिल थिए र उनीहरुसँग एके ४७ राइफल थियो । 

२०७४ जेठ २४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...