पूर्वजनमुक्ति सेनाका डेपुटी कमाण्डर बने देउवा सरकारका गृहमन्त्री !

  • काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई गृहमन्त्री बनाउने निर्णय भएको छ ।

माओवादी केन्द्रको बुधबार बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रभाकरलाई गृहमन्त्रालय सम्हाल्ने गरी सरकारमा पठाउने निर्णय गरेको हो ।

पार्टीको तर्फबाट भने सरकारमा जाने टिमको नेतृत्वको जिम्मा नेता कृष्णबहादुर महरालाई दिइएको छ । महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । अर्का नेता प्रभु शाहलाई मन्त्रालयको टुंगो नलागेपनि आजै शितलनिवासमा देउवासँगै सपथका लागि पठाउने भएको छ । प्रधानमन्त्री निर्वाचित हुनुअगावैदेखि प्रभारकरलाई गृहमा नपठाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेपनि दबाब असफल भएको छ ।

नेता प्रभाकरले यसअघि प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जामन्त्रालयमा रहेर सफल कार्यकाल बिताएका छन् । कार्यकालभरि नागरिक तहबाट उनी धन्यवादका पात्र बने । नेता प्रभाकार युद्धकालका जनमुक्ति सेनाका डेपुटी कमाण्डर हुन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...