जब नियमविपरीत मध्यरातमा पार्टीलाई भोट माग्न पुगेका गृहमन्त्री जनताबाटै लखेटिए...

  • काठमाडौं ।
गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) माओवादी केन्द्रको चुनावी सभामा सहभागी भएको खुलासा भएको छ । उनी कार्यक्रममा सहभागी मात्रै भएनन्, माओवादीका उम्मेदवारका लागी भोट समेत मागेका छन् ।

सोमवार नेपालगञ्जमा आयोजना गरिएको सुरक्षा बैठकमा सहभागि हुन गएका उनी खुसुक्क चुनावी सभामा सहभागी भएका हुन् । उनी रातको १० बजे नेपालगञ्जमा माओवादीले आयोजना गरेको एउटा चुनावी सभामा भोट माग्न गएका थिए ।

सोहि क्रममा जनताले विरोध गरेपछि २ मिनेट पनि बोल्न नपाउदै उनि त्यहाँबाट फरार भएका थिए । उनले राति १० बजे खजुरा गाउँपालिकाको रनियाँपुरमा चुनावी सभालाईसम्बोधन गर्दै माओवादीका उम्मदवारका लागि भोट समेत मागेका छन् ।

निर्वाचन आचारसंहिता लागेको बेला मन्त्रीहरुलाई चुनावी सभामा सहभागी हुन र भोट माग्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...