रहिनन् 'वीरताको चिनो वीरको सन्तान गीतकी चर्चित गीतकार कुसुम गजमेर

  • काठमाडौं ।

गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ । लिभरको समस्याका कारण मुम्बईमा उपचाररत गीतकार गजमेरको बिहीबार बिहान ३ बजेर ४० मिनेट जाँदा निधन भएको हो ।

भारतको दार्जिलिङमा विसं २००२ असोज १७ गते जन्मिएकी उनले बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसुसहितका नेताली चलचित्रमा गीत लेखेका छन ।

उनले लेखेका मोहनी लाग्ला है, कसरी भनुँ म मनको कुरा यो, के सोचें मैले के भयो अहिले, झझल्को लिएर आएछ सावन, पिरती आफै हुँदो रैछ, यो मुटुलाई कसरी सम्झाई बुझाउँ, रेली खोला बगर, वीरताको चिनो वीरको सन्तान, नयाँ नयाँ सजाउँ है सनसार, दुई पाते सुइरोसहितका गीत चर्चित छन् । 

उनका श्रीमान रञ्जित गजमेर संगीतकार हुन् उनका दुई छोरी भारती र प्रिती र एक छोरा सत्यजित छन् ।

२०७४ जेठ १८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...