चुनावको मुखैमा सुदूरपश्चिम पुगेर माओवादी नेताले पोखरेल भने - जे गर्छ, माकेले गर्छ..

  • अछाम ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य लिलामणि पोखरेलले देश विकास र समृद्धिको खाका माओवादी केन्द्र बाहेक अरु कुनैपनि दलसंग नभएको बताएका छन । माओवादी केन्द्रको रामारोशन गाँउपालिका कमिटीले घट्टे बगरमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन । 

एमाले र काँग्रेससंग जनतालाई भन्ने कुनै पनि एजेण्डा नरहेको बताँउदै नेता पोखरेलले देश अहिले माओवादीकै एजेण्डामा अगि बढिरहेको दावी गरे । नयाँ संविधान, समावेसी, समानुपातिक ब्यावस्था, धर्म निरपेक्षता, केन्द्रको अधिकार गाँउमा पुगाँउने संघियता सहितको बिकेन्द्रित शासनप्रणालि, उज्यालो नेपाल अभियान जस्ता जनता र राष्ट्रको हितमा हुने एजेण्डाहरु माओवादी केन्द्रले अगि सारेको पोखरेलले बताए । 

जसको नीति उसकै नेतृत्व भएमा मात्रै देश विकास र समृद्धि सम्भव हुने भन्दै नेता पोखरेलले स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रलाई मतदान गरि बिजयी गराँउन र आफ्नो जित सुनिश्चित गर्न जनतालाई आग्रह गरे । 
माओवादी केन्द्रले देश निर्माणको जिम्मा दुर दराजका जनतालाई समेत दिने गरि योजना तथा कार्यक्रमहरु ल्याएकाले पछिल्लो समय गाँउ गाँउमा करोडौं बजेट आएको भन्दै त्यसको सहि सदुपयोग गर्न तथा दुरुपयोग हुन नदिन आग्रह समेत गरे । 

जनयुद्ध र जनआन्दोलन गर्दै देशलाई नयाँ गति दिने पार्टी नै माओवादी हो भन्दै पोखरेलले अन्य दलहरुको झुटो प्रचारको भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...