काम लगाई दिए बापत त्यो रात उसले मेरो शरीर माग्यो , बिडम्बना मैले नाई भन्न सकिन, सवाल जागिरको थियो



  • सुम्निमा पाण्डे।
काठमाडौँ हो रूपाको घर । बुबाआमा दुई दिदीबहिनी र एउटा भाइ सहित पाँच जनाको परिवार । रूपाको बुबा कुनै व्यवसायमा संलग्न थिए भने आमा घरमै सीमित भएर परिवारको हेरचाह गर्दथिन् । 

तीन जना छोराछोरी राम्रो स्कूलमा पढिरहेका थिए । सुखद नै वितिरहेको थियो जीवन । तर, दशा घण्टी बजाएर आउँदैन भनेझैँ रूपाको घरमा पनि विपत्ति पस्यो । उनको बुबाको राम्रो चलिरहेको व्यापारमा ठूलो घाटा लाग्यो घर जग्गा सबै बिक्री भयो । 

सम्पन्न परिवारमा गनिएको त्यो परिवार केही दिन भित्रै न्यूरोडको आफ्नो घरबाट सामाखुसी डेरामा आइ पुग्यो । व्यापार घाटाको चोटले हो या बूढो हुँदै गएको शरीरले हो, रूपाको बुबा बिरामी हुन थाल्नुभयो । अब त्यो परिवारलाई दुई छाक खान पनि समस्या हुन थालेको थियो । 

बुबा बिरामी भएकोले रूपाकी चौध वर्षकी दिदीको विवाह गर्ने निधो भयो । केटाको खोजी शुरु भयो । रूपाको बुबालाई साथीहरूले सहयोग गरे केटा खोज्न । बुबाका साथीको साथीका छोरासित विवाह पक्का भयो । बिग्रिएको आर्थिक अवस्थाले गर्दा भद्रकाली मन्दिरमा फुलमाला मात्र गरेर विवाह सम्पन्न भयो । समोसा र चियाको भोज खुवाएर रूपाहरूले दिदीलाई बिदा गरे ।

अब आमा बुबाका लागि घरमा रूपा र भाइको मात्र बोझ थियो । नोकर चाकर राखेर बसेकी रूपाकी आमा पेट पाल्नकै लागि दिउँसो छिमेकीको गार्मेन्टमा गएर काम गर्न थालेकोे रूपाले पनि देखिरहेकी थिई । रूपाको बुबा बिस्तारै बिस्तराबाटै उठ्न नसक्नेगरी थलिनु भएको थियो । 

बाथरूमसम्म पनि बडो मुस्किलले जान सक्ने । आमा र भाइ घरमा हुँदा बुबा उनीहरूको भरमा बाथरूम जाने गर्नु हुन्थ्यो ।कोही नहुँदा भित्ता समाउँदै गएको रूपाले देखेकी थिई । बुबालाई के भएको उसलाई थाहा थिएन । बुझ्ने उमेर भएको थिएन उसकोे । तर बेलाबेलामा आमा र बुबा अस्पताल जाने गर्नुहुन्थ्यो । 

रूपाको पढाइ पनि बीचैमा रोकियो । भाइ मात्रै स्कूल जाने भयो । रूपालाई पढाइ रोकिएकोमा कुनै पीर थिएन । किनकि ऊ पढाइको उपलब्धि थाहा पाउने उमेरमा नै पुगेकीे थिइन । रूपालाई अब आवारा केटाकेटीसित दिनभर खेल्न थालेकी थिइ ।

उसलाई स्कूल जानुभन्दा यसैमा रमाइलो लाग्न थालेको थियो । ऊ बिस्तारै आवारा केटाकेटीसित पूरै काठमाडौँ घुम्ने फुच्ची भइसकेकी थिई । आमासित उसलाई रोक्ने समय थिएन भने बाबु बिचरा ओछ्यान परेका मानिस, छोरी कहाँ गई, के थाहा ! सानै उमेरमा रूपाकी दिदीको विवाह गरिदिएका भए तापनि रूपाको आमाबुबालाई उसबाट शान्ति भने हुन सकेन । 

भिनाजुले कुटेको नीलडाम देखाउँदै दिदी आमासित रुन आइरहन्थी । किन कुट्थे त्यसरी, रूपालाई थाहा भएन । दिदी विहे गरेको वर्ष नहुँदै सधैँका लागि फर्किई माइतीघरमा । ऊ पनि अब आमाले काम गर्ने कारखानामा काम गर्न जान थालेकी थिई ।

रूपाको बुबा बित्नुभयो । बेलाबेलामा आमा पनि रोएको देख्न थालेकी थिई रूपाले । ऊ घरका बारेमा केही बुझ्ने भैसकेकी थिई । उसलाई पनि केही काम गरेर आमाको दुःख कम गर्न पाए हुने थियो भन्ने लाग्न थाल्यो । 

उसका दायाँबायाँ साथीहरू त थुप्रै थिए तर सबै आवारा। उसले भन्ने कसलाई ? त्यसैले तिनै आवारा साथीहरूसित सल्लाहगरी । पढेको छैन, के काम गर्ने र ? सबै जना ठूलै विचार विमर्शमा बसे। त्यो बेला रूपालाई पढ्न नपाएकोमा दु:ख लागेर आयो । 

आवारा साथीहरूमध्ये उमेश अलि ठूलो थियो । सबै उसले भनेको कुरा मान्दथे । सबैले उमेशको अगाडि रूपाको समस्या राखे । उमेशले केहीबेर सोच्यो र रूपातिर नियालेर हे¥यो । धेरैबेर हेरिसकेपछि निकै बुज्रुक बन्दै भन्यो-“म तिमीलाई काम त दिलाउन सक्छु । तर तिमीले पनि मलाई केही दिनुपर्दछ ।” रूपाले केही नसोची हुन्छ भनी । उसले काम पाउने भएकाले सबै साथीहरू खुसी भए । 

उमेशले रूपालाई भृकुटीमण्डपको एउटा पसलमा काम दिलाइदियो । रूपाको काम थियो-बेच्न फिँजाएर राखिएका जुत्ताको रखवाली गर्ने । काम पक्का भयो । उमेशले उसकोे काम गरिदियो । अब पालो रूपाको थियो । त्यो रात रूपा घर जान पाइन । बुढानीलकण्ठको एउटा पाटीमा उमेशले रूपालाई लिएर गयो । 

बालक रूपा उसलाई के थाहा-उमेशले उससित के खोजेको हो भन्ने । उमेशले हामी आज यहीँ सुत्ने भन्यो । ऊ मुसुक्क मुस्कुराई । उसलाई लाग्यो– उमेश पागल रहेछ । मलाई काम लगाइदिए बापत एक रात मसित सुत्ने मात्र भन्यो । 

त्यसका लागि पाटीमै किन आउनुपर्दथ्यो ? घरमै गएर सुतेका भए पनि भइहाल्दथ्यो । उसकोे त महिनावारी पनि शुरु भएको थिएन । उसलाई काम गराइदिए बापत उमेशले उसकोे शरीर पायो त्यो रात । 

पहिलोपल्टको सम्भोगमा ऊ दुखेर चिच्याएकी थिई । तर उमेशले उसकोे मुख थुनिदियो । त्यो रातभरि उमेशले रूपालाई सुत्न दिएन । घरी कहाँ-कहाँ हात पु¥याउने त, घरी केके गर्ने ।

रूपालाई सहनै नसक्नेगरी दुखेको थियो । उसले नाइँ पनि भन्न सकिन । जागिरको सवाल थियो । बिहानीपख मात्र थाकेर उमेश निदायो । रूपा पनि निदाई । बिहान मानिसको आवाजले रूपा निद्राबाट ब्यूँझिई । उसकोे शरीर उठाउन सक्ने अवस्थामा थिएन । 

उमेश त्यहाँ कतै थिएन । ऊ त उठेर हिँडिसकेछ । अब भो फसाद, रूपासित घर पुग्न बस चढ्ने पैसा पनि थिएन । ऊ हिँड्दै सामाखुसीसम्म आइपुगी । ओहो ! त्यो दिन रूपाको बिजोग, उसकोे गुप्ताङ्गबाट रगत आइरहेको थियो, सुनिएको थियो, बडो मुस्किलले ऊ हिँडेकी थिई । 

बल्लबल्ल आफ्नो घर आइपुगेकी मात्र थिई, आमाले उसकोे हालत देखेर के थाहा पाउनु भयो कुन्नि, उसलाई बेस्कन गाली गर्दै पिट्नु पनि भयो । 

बिचरी रूपा सजिलै उभिन पनि नसक्ने अवस्थामा पुगेकी थिई । तर दिदी र आमाले उसलाई मायाको साटो गाली बर्साउँदै कोठामा पस्न पनि नदिई नुहाउन लगाउनुभएको थियो । रूपा दुई दिनसम्म हिँड्न पनि सकिन । 

ऊ आफ्नो त्यो अवस्थामा आमा र दिदीले माया गरिदिए हुन्थ्यो भन्ने चाहन्थी । तेस्रो दिन अलिअलि हिँड्न सक्छु कि जस्तो भएपछि ऊ घरबाट निस्किएर सिधै भृकुटिमण्डप पुगी-काम गर्न । ऊ भनेको दिनमा नपुगेकीले जुत्ता साहुले अर्कै केटा राखिसकेको रहेछ । उ भुतभुताई ब्याड लक । के सोचेकी थिई, के भयो । ओहो ! कामको निहुँले उमेशले के पायो , अनि रूपाले के पाई !

एउटा काम त उमेशकै कारणले गर्दा फुत्कियो । उमेशलाई रूपाले काम खोजिदेऊ भनेर कराउन थाली । उमेश केही आवारा फुच्चेहरूको पो लीडर, भन्नासाथ उसले पनि कहाँ काम पाउँथ्यो र ! तर काम लगाइदिन्छु, भोलि यो ठाउँमा काममा लैजान्छु भन्थ्यो । 

रूपालाई शारीरिक रूपमा सताउन भने चुक्दैनथियो । तीनचार महिनापछि उसले फेरि काम खोजिदियो-एउटा म्यानपावर कम्पनीमा पियन । सानो उमेर नपढेकी केटी भए तापनि अफिसको पियन- रूपालाई त्यो काम मन परेको थियो । ऊ काम गर्न थाली । 

पहिलो महिनाको तलबमा केही आफुलाई राखेर सबै पैसा उसले आमालाई दिँदा आमा पनि मक्ख पर्नुभएको थियो । दिन बित्दै गए । उसकोे महिनावारी पनि शुरु भै सकेको थियो । 

उमेश रूपाको प्रेमी पनि होइन तर उसित रूपा अब आफै नै हप्तै पिच्छेजस्तो भेट्न थालेकी थिई एकान्तमा । उमेशलाई थाहा थियो होला- ऊ संधै कन्डमको प्रयोग गर्दथ्यो ।

उमेशले विवाह गर्यो रूपा पनि जन्ती गएकी थिई ।

रूपालाई उमेशले विवाह गर्न लागेकोमा कुनै दुखेसो थिएन । बिस्तारै उमेशले उसलाई भेट्न कम गर्न थाल्यो । उसले रूपासित मेटाउने गरेको भोक त घरमै मेटिरहेको थियो । तर रूपाकोे शरीरले भने सेक्स मागिरहेको थियो । त्यसैले उसले उसकै हाकिम बिनोदलाई अनेक हाउभाउ देखाउन थाली । 

उमेरमा धेरै फरक भए पनि के भो त ? मलाई चाहिएको कुरा पाए भइहाल्यो नि भन्ने ठानेकी थिई रूपाले । पुरुष न हो, कत्ति दिन टाढा हुन सक्दथ्यो र ! एक दिन अफिसका कर्मचारी सबै गएपछि उसले रूपालाई चिया बनाऊ त भनेर रोक्यो । ऊ चिया पकाउन थाली । 

अफिसका सबै कर्मचारी गईसकेकाले चिया पाक्न नपाउँदै उसलाई हाकिमले अँगालोमा बाँधिसकेको थियो । रूपाले चाहेकै त्यही थियो । अब त रूपालाई एकान्त पनि खोज्नु थिएन-अफिसको सोफा नै उसकोे लागि मखमलीको बिस्तरा थियो ।

केही महिनापछि रूपाको हाकिम त्यो अफिस बेचेर विदेश जाने भयो । रूपाले त्यो सुनेपछि विनोदलाई अँगालोमा हालेर धेरै रोई । रूपा रोएको देखेर हो, या उसकोे माया नै ले हो- विनोदले रूपाको कपाल सुमसुमाउँदै भन्यो-

“म तिमीलाई केही गरिदिन चाहन्छु । तिमी पनि विदेश जाऊ ।”
“मसित त्यत्तिका पैसा कहाँ हुनु र म विदेश जाऊँ ?”

विनोद सरले रूपालाई आफ्नै मोटरसाइकलमा राखेर कहाँकहाँ लग्यो । विनोदकै अनुकम्पाबाट रूपाको नागरिकता पासपोर्ट सब बन्यो । घरमा रूपाले नागरिकता र पासपोर्ट बनाएको कुरा गरेकी थिइन । नागरिकता र पासपोर्ट बने तापनि रूपालाई आफु पनि विदेश जान पाउँला भन्ने विश्वास नै लागेको थिएन । 

विनोद सरले जेजे भने पनि ऊ नेपाल बसुन्जेल रूपाको शरीरसित खेल्न चाहन्छ, त्यसैका लागि भूमिका बाँधेको हो, बस, भन्ने रूपाको मनमा लागेको थियो । तर ऊ नै झुटो साबित भई । 

विनोदले रूपाका लागि ५५ हजार खर्च गरेको उसले थाहा पाई । ओहो, यत्रो पैसा कसरी तिर्ने नि ! रूपाले आफ्नो निरीह अवस्था विनोदका अगाडि राखी । कमाएर तिर्नु ल, विनोदले सामान्य रूपमा लिँदै मुस्कुराएर भनेको थियो । केही दिनपछि रूपाको भिसा पनि आयो । 

घरमा केही पनि नभनी आज र भोलि साथीकोमा जान्छु भनेर रूपा दुई दिनका लागि कपडा एउटा ब्यागमा हालेर घरबाट निस्किई । कमाउने छोरी, आमा पनि केही बोलिनन् । विनोदको मोटरसाइकलमा पछाडि बस्न नजानेर सिकाएको संझिदै रूपा चढी दुबइको जेटमा ।

विनोदको अनुकम्पाले रूपा आइपुगी दुबइ । ओहो ! यत्रा यत्रा घर त उसले सिनेमामा पनि देखेकी थिइन । कारको झ्यालबाट बाहिरको रमिता हेर्दै ऊ पुगेकी थिई टुंगोमा । एउटा घरको मुनि गएर कार रोकियो । त्यस घरको छिँडीमा नै पचास साठीवटा जति कारहरू थिए । 

त्यहीँबाट उसलाई लिन गएको मानिसले लिफ्टभित्र उसलाई पनि बोलायो । जीवनमा पहिलोपल्ट सब कुरा ऊ देखिरहेकी थिई अनौठाअनौठा । भित्तामा भएको बटन थिचेपछि लिफ्ट माथि हान्नियो । धेरै माथिको तलामा पुगेपछि ढोका खुल्यो । एउटा ढोकाको अगाडि गएर त्यो मान्छेले डोरबेल बजायो । एउटी अधबैँसे महिलाले ढोका खोलिन् । वेलकम इन दुबइ, वेलकम इन होम भनेर रूपातिर हेरेर मुस्कुराइन् । रूपाले उसले भनेको त बुझिन तर मुस्कानले जवाफ भने दिई ।

धेरै केटी रहेछन् भित्र त । रूपालाई लिएर आउने मानिस कोठाको ढोकैबाट बिदा भएको थियो । हातखुट्टा धोएर कपडा फेरेर केहीबेर चिनजान गरेपछि खाना पाक्यो । खाना खाएर उसलाई दिइएको बिस्तरामा ऊ पल्टिई ।
लामो प्लेनको थकाइले गर्दा होला ऊ पल्टिनासाथ निदाइहाली । अधबैँसे महिला जसले ढोका खोलेर रूपाको स्वागत गरेकी थिइन्, उनैले भोलिपल्ट उसलाई काम गर्ने ठाउँमा लिएर गइन् । ओहो, काम त के, डान्स बारमा नाच्नुपर्ने रहेछ । आजको दिनसम्म रूपाले कतै पनि नाचेकी थिइन । 

उसले मलाई त नाच्न कत्ति पनि आउँदैन भनेर महिलालाई भनी । उसकोे कुरा सुनेर महिला बेस्कन हाँसिन् र भनिन्- रूपा, तिमीलाई नाच्न आउने भएको भए पनि तिमीले सिकेको नाच यहाँ काम लाग्दैनथियो । तिमीलाई यहाँको नाचका बारेमा सिकाउँछन् । पीर नगर ।

रूपालाई नाच सिकाउने मानिसको जिम्मा लगाइयो । नाच सिकाउने मानिस त छक्का रहेछ । एक हप्तामै ऊ नाच्न पारङ्गत भई ।

अब उसकोे पनि ग्राहकहरू सामुन्ने नाच्नुपर्ने पालो आयो । समयमै ऊ पुगी डान्स बारमा । उसलाई सिँगार्न लगे । ओहो ! रूपाको अनुहारमा त केके पोतियोपोतियो । उसले कहिल्यै नक्कल पार्ने या अनुहारलाई सिँगार्ने त्यस्ता सामानहरू प्रयोग गर्नु त के देखेकी पनि थिइन । 

सानै उमेरदेखि दुईछाक भरपेट खाने तिर्सनामा बसेकी उसले के देखोस् र त्यस्ता सामानहरू । सिँगार्ने काम सकिएपछि अब पालो लुगाको थियो । आफुले आफैलाई हेर्दा सरम लाग्ने खालका लुगा उसलाई लगाउन लगाइयो । ऊ पनि पुगी बारमा नाच्न । ऊ अलि नर्भस भइरहेकी थिई । 

नाच्दानाच्दै रक्सीले मातेर ढुनमुनिएका पुरुषहरूको अँगालोमा पुग्नु, भनेर सिकाइएको थियो । उसका अरू साथीहरू पनि त्यसै गर्दैथिए । एकातिर रक्सीको मात अर्कोतिर सेक्सी पहिरन र शृङ्गारमा सजिएका नर्तकीहरूको हाउभाउ । अनि पैसा त कत्ति बर्सिने रहेछरहेछ । 

रूपालाई त्यो काम कत्ति पनि राम्रो लागेन । तर ऊ कुनै चोखी केटी पनि त थिइन । आफ्नो घरमा केही खबर नै नगरी रूपा चार महिना दुबइ बसी । केही पैसा जम्मा गरेर ऊ फर्किइ नेपाल । सिधै घरमा पुगी । चार महिनाको दुबइ बसाइले रूपाको पहिरनमा धेरै परिवर्तन ल्याइसकेको थियो । 

उसको परिवारका लागि अपच भयो क्यार ! घरकालाई के लाग्यो- रूपालाई घरमा पस्नै दिएनन् । ऊ उल्टो खुट्टा साथीकोमा गएर बसी । साथीकोमा पनि धेरै दिन बस्ने कुरा भएन, घरमा पस्न पनि पाइएन । दुई दिन पछाडि दुइहजार महिनाको हिसाबले एउटा कोठा भाडामा लिएर ऊ आफ्नो बेग्लै घर संसार बनाएर बसी । 

सीमित पैसा के नै हुन्थ्यो र ! पैसा सकियो । काम खोजे पनि पाइएन । अब उसकोे लागि बस्न खान कै समस्या शुरु भयो । काम धेरै खोजी, उसका साथीहरू सबै कता पुगेपुगे । फेरि उसकोे लेवल पनि त माथि पुगेको थियो । अब ऊ आवारा केटाहरूलाई भेट्न पनि चाहन्न थिई । ऊ नेपालमा आफुदेखि आफै हारी ।

रूपाले फेरि दुबइ नै फर्कने विचार गरी । उसलाई बाँच्ने समस्या आइसकेको थियो । दुबइको डान्सबारको मालिकलाई फेरि आउने विचार राख्दै फोन गरी । बाँच्नका लागि नचाहँदा नचाहँदै पनि ऊ फेरि पुगी, उत्तेजित शरीर देखाउँदै ग्राहक खुसी पार्न दुबइ । 

योपल्ट उसलाई उसकोे काम नराम्रो पनि लागेन । ऊ मन लगाएरै काममा व्यस्त हुन थाली । अब उसकोे जिन्दगी त्यही थियो । एक दिन रूपाको भेट एक जना पचास वर्ष जत्ति देखिने इन्डियनसित भयो । 

कपाल झरेर पछाडिको मात्र बाँंकी रहेको, झन्डै सय केजी जत्तिको, एक प्रकारको आकर्षक व्यक्तित्वको धनी, त्यो अग्लो मानिस मुस्लिम रहेछ, नाम रहेछ शाजिद । बिस्तारै ऊ रूपाकै मात्र ग्राहक बन्दै गयो । 

रूपाको कुनै पनि डान्स ऊ गुमाउन चाहँदैन थियो । बिस्तारैबिस्तारै ती दुई एक अर्काको नजिक हँुदै गए । त्यो निकटतामा कहिले प्रेमको बिरुवा उम्रिसकेछ, दुवैले थाहा नै पाएनन् ।

राती रूपाको डान्सका लागि ऊ आउँथ्यो नै, दिउँसो पनि उनीहरू बाहिर भेटेर घुम्न थाले । रूपा २० वर्ष पनि पुगेकी थिइन । रूपा पहिलोपल्ट गहिरो प्रेममा डुबुल्की मारिरहेकी थिई । 

सेक्स के हो भन्ने नजान्दै दुईजनासित सुतिसकेको रूपाको शरीरले तेस्रो व्यक्तिसित सेक्स हैन प्रेम पाएको अनुभव गरिरहेको थियो । त्यो इन्डियन को हो र के गर्छ रूपालाई केही थाहा पनि थिएन र जान्ने चासो पनि थिएन । उसलाई यतिमात्र थाहा थियो-त्यो इन्डियन उसकोे प्रेमी हो ।

एक दिन दिउँसो शाजिदले रूपालाई बोलायो । त्यो समयमा रूपा खाना खाएर बिस्तरामा पल्टिएर टिभी हेरिरहेकी थिई । शाजिदले घर बाहिर आएर उसलाई फोन गरेको रहेछ । ऊ हतारहतार लुगा फेरेर निस्किई । शाजिद एउटा राम्रो कालो कार लिएर आएको थियो त्यो बेला । 

रूपालाई अगाडिकै सीटमा राखेर शाजिदले कार दौडायो । पहिलोपल्ट रूपा शाजिदको छेउमा कारमा बसेकी थिई । त्यो दिन उसले रूपालाई यही पार्कमा लिएर आएको थियो, जहाँ अहिले रूपा पुगेकी थिई । शाजिदले बाटोमै नयाँ कार किनेको भनिसकेको थियो । 

पहिलोपल्ट रूपालाई नै त्यो कारमा लिएर बाहिर जान मन लाग्यो रे । कारको नाम रहेछ बी.एम. डब्लू. । शाजिद खुसी हुँदै सबै कुरा रूपालाई सुनाइरहेको थियो । तर रूपालाई कारको जे नाम भए पनि के मतलब ! कार राम्रो थियो । रूपा र शाजिदले केहीबेर यो पार्कमा बिताए र उनीहरू कारभित्रै आइपुगे । 

रूपाले लङड्राइभिङमा जाने इच्छा राखी । कार हुइँकियो अबुधाबीतिर । अबुधाबीमा शाजिदले एउटा होटलमा लिएर गयो रूपालाई । प्रेम भएको भनौँ या चिनजान भएको धेरै महिनापछि पहिलोपल्ट ती दुईबीच त्यही होटेलमा भयो शारीरिक मिलन । 

त्यो रात शाजिदले रूपालाई कामबाट बिदा लिन लगायो । दुवै त्यहीँ बसे । रूपालाई लागिरहेको थियो, दुवैजना सेक्सकै लागि अबुधाबी आएका हौँ कि जस्तो । एउटा शरीरले चाहेरै एक रातमा यत्ति धेरैपल्ट सेक्स गर्न सक्ला र ? जस्तो लाग्नेगरी ती दुई त्यहाँ खेलिरहेका थिए । 

शाजिद बेलाबेलामा बी.एम.डब्लू.को कुरा गरेर खुसी हुन्थ्यो भने रूपा कारभन्दा शाजिदकी हुन पाएकोमा बढी खुसी थिई । अब त उनीहरू कहिले शाजिदकै घरमा त कहिले कारमा कहिले होटेलमा भेटिइरहन्थे । शाजिदले रूपाको नाम नै राखेको थियो …आग ।

काम डान्सबारमा नाच्ने भए पनि रूपाले उसकोे जिन्दगी पाएकी थिई शाजिदको रूपमा । उससित नजिकिँदै गएपछि मात्र रूपाले थाहा पाएकी थिई-शाजिद इन्डियाको केरला भन्ने शहरको मानिस रहेछ । तीनजनाको पार्टनरशिपमा एउटा कस्ट्रक्सन कम्पनी रहेछ उसको । उसकोे कम्पनीमा आठ हजार कामदार रहेछन् । 

ऊ त रूपाले सोच्नै नसक्ने धनी मानिस पो रहेछ । उसकोे घरमा आमा, श्रीमती र एक छोरा रहेछन् । उनीहरू कहिलेकाहीँ मात्र आउने रहेछन् दुबइ । शाजीदले रूपालाई भनेअनुसार ऊ मधुमेहको बिरामी रहेछ । 

अनि डाक्टरले सेक्सले बिमारी केही कम गराउँछ भनेकोले उसले रूपालाई रोजेको रहेछ । मात्र शरीरका लागि ऊ रूपाको नजिक भएको थियो । तर ऊ रूपालाई नजानिदोगरि औधी माया गर्न थालेको थियो । उसले रूपासँग केही लुकाएको पनि थिएन । त्यसैले पनि होला, उसकोे रखैल हुँदा पनि रूपा खुसी नै थिई ।

शाजिद एक हप्ताका लागि इन्डिया जाने भयो । त्यो एक हप्ता काट्न रूपाका लागि ज्यादै कठिन भएको थियो । शाजिदले इन्डिया जानुभन्दा पहिले नै भनेको थियो रूपालाई- “मलाई फोन नगर्नु ल, म उतैबाट गर्छु ।” शाजिद दिनमा तीनचारपल्ट उसलाई फोन गर्दथ्यो । 

शाजिदकोे फर्कने दिन आयो । शाजिदले जानुभन्दा अगाडि नै रूपालाई के ल्याइदिऊँ भनेर सोधेको थियो । रूपाले भनेकी थिई- जीवनभरि मेरो साथमा रहने गिफ्ट ल्याइदिनु भनेर । शाजिदले एयरपोर्टमा आएर भन्यो- “आग, मै जो गिफ्ट लेकर आरहा हुँ, ओ आपकी जिन्दगीभर आपके साथ मे रहेगी ।” रूपासित शाजिदको घरको चाबी थियो । उ त्यो रात कामबाट पनि बिदा लिएर बसेकी थिई । 

समयभन्दा आधाघण्टा ढिला शाजिद घरमा आइपुग्यो । रूपा सानो बच्चा लेप्सिएजस्तै शाजिदसँग लेप्सिन पुगी । शाजिदले पनि कपडै नफेरी रूपालाई बोकेरै बिस्तरामा पु¥यायो । खहरे खोलामा बाढी आयो, अनि फेरि सुक्यो । शाजिदले उठेर आफुसित लिएर आएको सुटकेश खोल्यो । एउटा गहनाको बट्टा निकाल्यो । मोतीको सेट ल्याएको रहेछ । आफैँले लगाइदियो रूपालाई ।

एउटा ठूलो खाम निकाल्यो र रूपालाई दिँदै भन्यो-“लेऊ तिमीले मागेको गिफ्ट ।” उसले खाम खोलेर हेरी । शाजिदले केरलाबाट दश कक्षा पास गरेको सर्टिफिकेट बनाएर ल्याइदिएको रहेछ । सर्टिफिकेट दिएपछि शाजिदले उसलाई पढाउनलाई दिउँसो ट्युशन क्लासमा हालिदियो । 

उसले पनि धेरै नै मेहनतगरी । शाजिदले ट्युशन पढाउने सरलाई भनेको थियो- जत्ति पैसा चाहिन्छ भन । तर छ महिनामा रूपाको पढाइ दशकक्षा पास केटीको जस्तो हुनुपर्दछ । शाजिदको इच्छा, उसकोे र सरको मेहनतले समयमै ऊ दश कक्षा पढेको भन्न सुहाउने भई । सर्टिफिकेट छँदै थियो । 

शाजिदले उसलाई दुबइकै एउटा राम्रो स्कूलमा कक्षा एघारमा भर्ना गराइदियो । दिउँसो ऊ पढन जाने, बेलुका डान्स बारमा नाच्ने हुनाले भेट कम हुने भयो भनेर शाजिदले उसलाई आफ्नै घरमा लग्यो । उ मध्यरातमा घर पुगे पनि शाजिद उसलाई सधैँ पर्खेर नै बसेको हुन्थ्यो । दिन यसरी नै बित्दै गएका थिए । 

शाजिदले उसलाई ठूला मानिसको अगाडि खान, बस्न, हिँड्न, बोल्न सब सिकाउँदै पनि लगेको थियो । रूपाले १२ कक्षा पनि राम्रोसित पास गरी । शाजिदले त्यसपछि रूपालाई उसकै सेक्रेटरी बनाएर आफ्नै अफिसमा काम मा लगायो । दुई वर्षसम्म डान्सबारमा काम गर्छु भनेर पासपोर्ट धरौटी राखेकी थिइ रूपाले । उसले क्षतिपूर्ति नै तिरेर रूपाको डान्सबारको काम पनि छुटाइदियो । अब उनीहरू चौबीस घण्टा सँगसँगै भए ।

शाजिद रूपाप्रति यत्ति आशक्त भयो कि उसले रूपालाई विवाह नै गर्ने कुरा गर्न थाल्यो । मुस्लिमधर्मका अनुसार एकै पल्टमा चार श्रीमती राख्न पाइन्छ । उसकोे विचारमा दोश्रो विवाह गर्नु नौलो विषय थिएन । रूपा त यसै पनि कल्पनाको संसारमा नै थिई । 

नाइँ भन्ने त एक प्रतिशत पनि मनमा आएन । रूपा हिन्दू धर्मावलम्बी बाबुआमाकी छोरी, त्यही संस्कारमा हुर्किएकी । तर शाजिद कट्टर मुस्लिम – उसले रूपालाई मुस्लिम कलेजमा पनि पढन पठायो । शाजिदसँग दिनरात बस्दा उसलाई मुस्लिमका बारेमा धेरै कुरा थाहा भै सकेको थियो । ऊ हिन्दूभन्दा पनि आफुलाई धर्म निरपेक्ष मानिस भन्न रुचाउँथी । उसलाई जुन धर्म भए पनि केही मतलब थिएन । तर शाजिद थियो धर्ममा कट्टर । ऊ रूपालाई मुस्लिम बनाएर मात्र विवाह गर्न चाहन्थ्यो । रूपा त शाजिदसित विवाह गर्न गइरहेकी थिई धर्मसित होइन ।

रमजानको महिना शुरु भयो, शाजिदको इच्छाअनुसार उसले पनि शाजिद सँगसँगै रोजा राखेकी थिई । बर्सेनी रमजानमा शाजिदको परिवार पनि दुबइ आउने रहेछन् । परिवार आउने टुङ्गो लागेपछि शाजिदले रूपालाई एउटा होटेलमा एक महिनाका लागि कोठा बुक गराएर राखिदिएकोथियो । उसकोे परिवार आउने अघिल्लो रातसम्म रूपा शाजिदको घरमा बसी ।

शाजिदको परिवार आयो- आमा, श्रीमती र छोरा । शाजिदले केही दिन रूपालाई एकान्तमा पनि भेटेन । घरमा पनि केही फरक अनुभव हुन दिएन । केही दिनपछि शाजिदले बिस्तारै आमासित रूपाको कुरा खोल्यो । आमाछोराको गफ बुहारी र नातिले नसुनून् भनेर शाजिदले आमालाई दुबइमलमा लगेर कुरा गरेको थियो । आमाले रूपालाई हेरेर मात्र जवाफ दिउँला भनिन् । शाजिदले त्यहीँबाट रूपालाई आमाले भेट्न खोजेको कुरा बतायो । साँझ फाइल मगाउने निहुँ पारेर रूपालाई उसले घरमै बोलायो ।

आमाले जानेर र श्रीमतीले अनजानमै रूपासित धेरैबेर कुरा गरे । रूपालाई शाजिदले सबै कुरा भनिसके पनि ऊ केही नर्भस भएकी थिई । उमेरको फरक त छँदै थियो, अर्को रूपा हिन्दू, यो कुरा थाहा पाएर नै शाजिदकी आमाले रूपालाई बुहारीको रूपमा स्वीकारिनन् । 

रूपा हिँडिसकेपछि आमाले शाजिदकी श्रीमतीसित पनि शाजिदको विचारका बारेमा कुरा गरिछन् । श्रीमतीले त झन् विवाहको २६ वर्षपछि श्रीमान्लाई छोड्ने कुरै भएन । शाजिदको भनाइअनुसार रूपासित विवाह गर्ने कुरा केही समयका लागि टर्यो । शाजिदको परिवार फर्कियो इन्डिया । रूपा फेरि पुगी उसकोे बेडरूममा । दिन बित्दै गए । अब रूपा शाजिदको रखेलजस्तै भएर बसेकी थिई । 

विवाह गर्ने आशा पनि मर्दै गएको थियो । एककान दुईकान अफिसमा पनि रूपा शाजिदको रखेल भएर बसेकी छे भन्ने हल्ला त चलीहाल्यो । धेरै जनाले त उसलाई भाभी भनेर पनि बोलाउँन थाले । कतिले खत्तम केटी भनेर कुरा काट्थे । जसले जे भने पनि जीवन धान्नका लागि विदेश पसेकी रूपालाई शाजिदको सामीप्यताले जमिनबाट आकाशमा उडाएको थियो ।

समय बदलियो, विश्वमा आएको आर्थिक मन्दीले दुबइ पनि अछूतो राख्न सकेन । आर्थिक मन्दीकै कारणले शाजिदको कम्पनी पनि धराशायी हुँदै गयो । फिल्डमा काम हुन कम हुनथाल्यो । घरहरू आधाआधा बनेका थिए ।बिस्तारै काम बन्द हुँदै गयो । आठहजारको तलव खुवाउन नसक्ने र लगानी पनि थप्न नसक्ने अवस्थामा पुगेका शाजिद र उसका पार्टनर दुबइ छोडेर भागे । 

राजा महाराजाको जस्तो बसाइ, बी.एम. डब्लू. कार, अफिस सब छोडेर फेरि दुबइ फर्किनै नमिल्ने गरी सबै भागेका थिए । अरू कर्मचारीले त सुइँको नै पाएनन् । तर रूपा लाई त सबै थाहा थियो । दुबइ छोडेर हिँड्ने अघिल्लो दिन शाजिद र रूपा यही पार्कमा आएर धेरैबेर बसेका थिए । 

त्यो पार्कसित दुवैको एक प्रकारको लगावजस्तै थियो । हाँसो, खुसी, दुःख जे पर्दा पनि ती दुई त्यही पार्कमा पुग्दथे । यहाँसम्म कि रूपाले कुनै कुरामा चित्त दुखाई वा उनीहरूकाबीचमा खटपट भयो भने पनि शाजिद उसलाई त्यही पार्कमा ल्याएर सम्झाउने फकाउने गर्दथ्यो । शाजिद र रूपा त्यो रातभरि नै रोइरहे भने पनि हुन्छ । एयरपोर्ट पुगेपछि शाजिदले अति नै गर्यो- आमाको काखमा बच्चा घोप्टेपरे जस्तोगरी रूपाको काखमा घोप्टो परेर धेरैबेर रोइरह्यो ।

मालिकहरू भागिहाले, घरको किस्ता तिर्न नसकेकाले पछि सवैका घरमा पुलिसले ताला लगाइदियो । रूपासित कुनै काम पनि थिएन, बस्ने ठाउँ पनि थिएन । शाजिद दुबइको कानुनअनुसार सजायको भागिदार भयो । ऊ दुबइ आउनु भनेको सिधै जेल जानुथियो । इन्डिया पुगेर पनि शाजिद बारम्बार उसलाई फोन गरिरहन्थ्यो ।

रूपासँग विहेको कुरा भएदेखि श्रीमतीसित शाजिदको बोलचाल नै बन्द भएको थियो । ऊ अब रूपालाई केरला नै बोलाउन थालेको थियो- “आउन नआउन्जेल त हो नि, असन्तुष्टी घट्दै गएपछि सब ठीक त भइहाल्दछ । मिलेर बसौँला ।” तर ऊ कसरी जाओस् ? जुन परिवारले उसलाई स्वीकारेकै छैन, त्यो परिवारमा गएर ऊ कसरी मिलेर बस्न सक्दथी होला त ?

शाजिद दुबइ आउन नमिल्ने, ऊ इन्डिया जान नमिल्ने । यी दुई जोडी अलगिएका थिए । रूपालाई दुवइमा बस्नकै समस्या भयो । उसका अफिसका साथीहरूको त झन् उसकोे भन्दा आर्थिक अवस्था बिजोग भएको थियो । एक जना एकाउन्टेन्टको मात्र अलिकति राम्रो अवस्था देखिएको थियो । रूपालाई एक जना नेपाली दिदीले वास दिनुभयो । रूपा त्यहीँ बसेर नयाँ काम खोज्दै थिई । पारिवारिक समस्याले गर्दा नेपाली दिदी पनि नेपाल फर्कने हुनुभयो । रूपाको बस्ने बासको छानो पनि उडायो ।

शाजिदको अफिसको एकाउन्टेन्ट पनि नयाँ काम खोजिरहेको थियो । उसलाई रूपा र शाजिदको सम्बन्धका बारे सबै थाहा थियो । बासबाट उठिबास हुन लागेपछि रूपाले उसैलाई गुहारी, बस्नका लागि । आफ्नो देशमा आफ्नै आमाले त घरबाट निकालेकी थिइन् भने विदेशी मुलुकमा उसलाई माया गर्ने को नै हुन्थ्यो र ? निमेष उसकोे अपिसको एकाउन्टेन्ट, ऊ पनि पारपाचुके गरेको पुरुष । 

आइज त भन्यो, बस्ने ठाउँ नभए पछि जानै पनि प¥यो । तर उसकोे घरमा आएकै दिन उसले पनि रूपालाई छोडेन । के गर्नु ? नचाहेरै भए पनि रूपा फेरि अर्को पुरुषको वासनाको शिकार हुन पुगी । अब बस्ने बास त भयो, बासको बदलामा रूपाले फेरि शरीर नै बेची । ऊ काम खोज्दै थिई, शाजिदकै भनसुनबाट रूपाले एउटा मल्टिनेशनल कम्पनीमा काम पाई दुबइमै । अब त झन् ऊ चाहेर पनि शाजिदलाई पाउन सक्ने अवस्थामा थिइन ।

उसकोे काम दुबइमा शाजिद इन्डियामा । ऊ दुबइबाट बाहिर जान नपाउने कामले गर्दा, शाजिद दुबइ आउन नसक्ने । यी कुरा निमेषलाई पनि थाहा थियो । यता रूपाले काम पाएको दिनदेखि निमेषले शाजिदसित तिम्रो अब मिलन असम्भव छ भन्दै आफुसित विवाह गर्ने प्रस्ताव राख्न थाल्यो । हुन सक्छ बेगारी भएको बेलामा रूपाको काम देखेर पनि उसप्रति आकर्षित भएको होला या साँच्चै नै मनदेखि विवाहको प्रस्ताव राखेको होला । रूपाले केही बुझ्न सकेकी छैन । ऊ शाजिदबाट शारीरिक रूपमा त टाढा भएकी थिई तर मन त उसैसित थियो नि । यता निमेष झन्झन् विवाहलाई जोड दिन थालेको थियो ।

रूपाले आज नियुक्तिपत्र लिई । शाजिदलाई फोन गर्न ऊ आज धेरै दिन पछाडि यही जावेलपार्कमा आईपुगी । ऊ आज एक्लै यहाँ आएकी छे, ऊ खुसी पनि छे कामको टुङ्गो लाग्यो, दु:खी पनि छे अब शाजिदलाई सायदै नै भेट्टाउली । जहाँ शाजिद र ऊ सधैँ जसो आउँथे आज ऊ एक्लै आएकी छ । आज यो शून्य लागेको पार्कमा, अब म के गरूँ भनेर सोचिरहेकी छे रूपा । पर डुब्न लागेको घामले रातो पारेको आकासलाई एकोहोरो हेर्दै छ उ ।

प्रतिकृया दिनुहोस्

Loading...