चुनाव नजिकै जाँदा ब्यापक त्रास, मतदान केन्द्र र उम्मेदवारकै घरमा बम

  • दाङ ।
चुनावको मिति नजिकै जाँदा दाङमा ब्यापक त्रास फैलिएको छ । चुनाव प्रचार प्रसार बन्द भइसकेको अबस्थामा चुनाव बिरोधि गतिबिधि भने झन् तिब्र बन्दै गैरहेका छन् । 

गयराती दाङको तुल्सीपुर उपमहानगरपालिकाको ५ नम्बर वडामा मात्र  तीनवटा बम भेटिएका छन् । कांग्रेसका तुल्सीपुर उपमहानगरपालिका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम भेटिएको छ। 

त्यस्तै वडा नम्बर ५ मै अरनीको मैदान मतदान केन्द्र स्थलमा र तुल्सीपुर बजारको मुख्य सडक विपि चोकमा बम राखिएको थियो । तीनवटै स्थानमा राखिएका बमलाई नेपाली सेनाले डिस्फोजल गरिसकेको छ ।

२०७४ असार १३ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...