ब्रेन एन्ड ब्युटीः डा. अञ्जना केसी


डा. अञ्जना केसीले लुम्बिनी मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन् । बुटवलको क्यानन हायर सेकेन्डेरी स्कुलबाट एसएलसी गरेकी अञ्जनाले तिलत्तोमा उमाविबाट प्लस टु सकेकी हुन् । 

चिकित्सा अध्ययन पश्चात् एक वर्ष वयोधा अस्पतालमा सेवा दिएकी अञ्जना अहिले विशेषज्ञता अध्ययनका लागि तयारी गरिरहेकी छिन् । डर्म्याटोलोजी र इएनटी उनको रुचीको विषय हो ।

कपाल प्रत्यारोपणमा चासो भएकाले डर्म्याटोलोजी र सर्जरीमा रुची भएकाले इएनटी उनको रोजाइमा परेका विषय हुन् । 

परिवारका धेरै जना चिकित्सा क्षेत्रमा भएकाले उनी चिकित्सा शिक्षाप्रति सानैदेखि आकर्षित थिइन् । उनलाई स्विमिङ गर्न, घुम्न, खाने कुरा पकाउन, गीत सुन्न र मन्दिर जान मन पर्छ।



प्रतिकृया दिनुहोस्

Loading...