यसकारण पो शेरबहादुर देउवालाई भेट्न आतुर रैछन् मोदी ! अरुण तेस्रो 'टार्गेट'

  • काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण गर्ने तय भएको छैन । तर उनका निकटतम स्रोतले दिएको जानकारी अनुसार उनि नेपाल आउन निक्कै आतुर देखिन्छन । 

उनले रुचाएका व्यक्ति अर्थात् काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मोदीको नेपाल आउने इच्छा तिब्र हुन् पनि स्वाभाविक नै हो । यसै बिषयमा सम्भावित भ्रमणबारे भारतीय विदेश मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको छ ।

सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउँदा मोदीले जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमण गर्ने तयारी थियो, तर सुरक्षाको कारण देखाउँदै अन्तिममा रद्द भएको थियो । तर त्यतिबेला त्यो भ्रमण रद्द गर्नुको पछाडि अरु नै केही कारण रहेको सरोकारवालाहरु बताउछन् । अर्थात् थाती त्यहि घुमघामलाई पुरा गर्ने बहानामा उनि फेरी -फेरी नेपाल भ्रमणमा आउन चाहन्थे भन्ने चर्चा पनि राजनीतिक विश्लेषकहरु गर्छन् ।

नभन्दै मोदीको नेपाल भ्रमणबारे उनिनिकट भाजपाका विदेश विभाग सदस्य अजित कुमारले त्यहि बिषयलाई जोडेका छन् । ‘पहिला जान बाँकी ठाउँमा भ्रमण गर्न मोदी इच्छुक हुनुहुन्छ, यसपटक अरुण तेस्रो जलविद्युत् आयोजना शुभारम्भ गर्ने र बाँकी धार्मिक क्षेत्रको भ्रमणमा जाने सम्भावना हुन सक्छ,’ अजित कुमारले भने । 

सम्भावित भ्रमणबारे विदेश मन्त्रालयले पनि एक चरण सरोकारवालाहरूसँग गत साता परामर्श गरेको थियो । नेपालका सम्पत्तिमाथि गहिरो नजर गाडेका मोदीले यो भ्रमणमा भने अरुण तेस्रोलाई टार्गेट गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...