चिकित्सकको ‘लापारवाही’ले बिरामीको मृत्य भएपछि नागरिक अस्पतालमा तोडफोड

  • भक्तपुर । 
छाती दुखेर उपचार गर्न गएकी बिरामीको मृत्यु भएपछि गठ्ठाघरमा रहेको नीजि अस्पताल नागरिक सामुदायिक अस्पतालमा तोडफोड गरिएको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका– ५ की ३६ वर्षीया उषा बस्नेतको उपचार गर्ने क्रममा मंगलबार राति मृत्यु भएको जानकारी अस्पतालले दिएपछि आक्रोशित भीडले अस्पतालमा तोडफोड गरेको हो ।

हाल घठ्ठाघर बस्दै आएकी बस्नेतको उपचारको क्रममा चिकित्सकले गम्भीर लापारवाही गरेका कारण मृत्यु भएको बताएका छन् । आफन्तहरुले अनुसार घुम्न निस्किँदा सामान्य छाती दुखेर स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेको र ‘डाक्टर’ले गलत इन्जेक्सन दिएर हत्या गरेको आरोप लगाएका छन् ।

मंगलबार साँझ एकैछिन गठ्ठाघरतिर घुम्न दुवैजना निस्किएको र छाती दुःखेजस्तो भयो भनेपछि एकपटक चेक गराऔँं भनेर अस्पताल छिरेर उपचार गर्दा ज्यान गएको मृतककी श्रीमान् रामकृष्ण बस्नेत बताए ।

उनका अनुसार चिकित्सकले ग्याष्ट्रिक भएर दुखेको हुन सक्ने भन्दै इन्जेक्सनमार्फत ग्याष्ट्रिकको औषधि दिएपछि केहीबेरमै उषाको ज्यान गएको हो । यसअघि पनि बिरामीको उपचारमा गम्भीर त्रुटी गरेको भन्दै यो अस्पताल पटकपटक विवादमा आइरहेको घठ्ठघरवासीको भनाई छ ।

उपचारमा लापरबाही गर्ने डाक्टर र अस्पताललाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ । आफन्तले मृतकको शव बुझ्न मानेका छैनन् । अस्पताल भेला भएका आफन्तसहितको भीडल बुधबार दिउँसो अस्पतालमा तोडफोड भएको अस्पतालले जनाएको छ । अस्पतालले भने बिरामीको मृत्यु हृदयघातबाट भएको दाबी गर्दै आइरहेको छ ।
तोडफोडबाट अस्पतालका झ्यालका सिसालगायत क्षति भएको अस्पतालले जनाएको छ । तोडफोड भएको निकैबेरपछि मात्र प्रहरी आएको अस्पताल प्रशासनको दाबी छ ।

यसअघि यही असार ४ गते रुघाखोकी र टाउको दुखेको उपचार गर्न बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा पुगेकी दोलखा फस्कुकी ४७ वर्षीया गोमा खडकाको चिकित्सकको लापारवाहीले मृत्यु भएको थियो । मृतकका आफन्तले अस्पताल घेराऊ गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...